बसमा आगजनी



नेपाल समाचारपत्र, भद्रपुर।

सडकमा पार्किङ गरी राखेको बसमा गए राति अज्ञात समूहले आगजनी गरेको छ। झापा कचनकवल–६ वनियानी बजारभन्दा केही तल राखिएको ना४ख १७७० नम्बरको त्रियुगा नामको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बस वनियानी–गाइघाट दैनिक सञ्चालन हुँदै आएको थियो। बुधबार राति पौने ९ बजे आगो लागेको इलाका प्रहरी कार्यालय वनियानीले देखपछि भद्रपुरको दमकल, कचनकवल गाउँपालिकाको ट्याङ्कर, स्थानीय प्रहरीले पूर्ण क्षति हुनबाट जोगाए पनि ८० प्रतिशत जलेको जिल्लाका प्रहरी उपरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो।

आगलागीबाट यात्रु सिटलगायत बाहिरी भाग जलेको उहाँले बताउनुभयो। आगलागीका कारणका बारेमा अनुसन्धान शुरु गरिएको उहाँको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्