विराटनगर घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन सम्पन्न



नेपाल समाचारपत्र, विराटनगर।

उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मूल नाराका साथ विराटनगरमा शुरू भएको प्रदेश युवा सम्मेलन २०१९ समापन भएको छ। नेपाल युवा परिषद्को आयोजना तथा परिवर्तनका लागि हाम्रो अभियानको सह–आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।

प्रदेश नं १ का १४ वटै जिल्लाका युवाहरूको सहभागिता रहेको कार्र्यक्रमको उद्घाटन प्रदेश नं १ का मुुख्य मन्त्री शेरधन राईले गर्नुुभएको थियो। कार्यक्रमको उद्घाटन गर्दै मुख्य मन्त्री राईले कुुनै पनि युवा आर्थिक अभावकै कारण देश छोड्न नपरोस् भन्दै प्रदेश सरकारले युवा कार्यविधि तयार गरिसकेकाले अब छिट्टै परित गरेर कार्यन्वयन गरिने बताउनुभयो।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवाको उमेर सिर्जनशील भएकाले यसको सदुपयोग गरी देश निर्माणमा सहकार्य गर्न अनुरोध गर्नुभयो।

युवा देशको परिवर्तनको संवाहक भएकाले अरुको देशमा बेचिई रेमिटेन्स भित्रयाएर समृद्ध नेपाल सुुखी नेपालीको सपना पूरा नहुुने भएकाले सरकारले देश फर्काऊँ अभियान सञ्चालन गरेको र १ नं. प्रदेशले युवा वैज्ञानिक सम्मेलन गर्ने तयारी गरिरहेको मुख्य मन्त्रीले बताउनुभयो।

युवाहरूको प्रतिभा खोज तथा सम्मान कार्यक्रम प्रत्येक स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने र युुवाहरूको लागत विवरण तयार गरेर त्यसको विवरण तयार गर्न समेत मुख्यमन्त्री राईले आग्रह गर्नुुभयो। उद्यमशीताको कार्ययोजना तयार गरेर प्रदेश सरकारमा आउन आग्रह गर्दै सरकाले उचित सम्बोधन गर्ने मुख्यमन्त्री राईले आश्वसन दिनुभयो।

विभिन्न राजनीतिक प्रतिनिधि तथा सफल उद्यमीसँग युवाहरूको समस्या र त्यसको समाधानको विषयमा अन्तरक्रियासमेत भएको थियो।
समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवाको उमेर सिर्जनशील भएकाले यसको सदुपयोग गरी देश निर्माणमा सहकार्य गर्न अनुरोध गर्नुभयो।

आफू यहाँसम्म आइपुग्न २ महिना चुनावी सभामा दौडधुप गरेको परिणाम नभई युवा अवस्थादेखि नै राजनीतिमा लागेको परिणाम भएको बताउनुभयो। २ दिनसम्म चलेको उक्त कार्यक्रमको सभापतित्व नेपाल युवा परिषद् प्रदेश नं १ का संयोजक सुशिल राजवरले गर्नुभएको थियो।

सम्मेलनमा सहभागी युवाहरूलाई पर्यटन, सूचना प्रविधिलगायत दिगो विकासका लक्ष्यहरू, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उद्यमशिलता, नेतृत्व विकास, युथ मोटिभेसनलगायतको विषयमा प्रशिक्षण दिइएको थियो।

विराटनगर घोषणापत्र जारी गर्दै समापन भएको सो कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका २ सयभन्दा बढी युवाले सहभागिता जनाएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्