रिडीमा दोस्रो रुरु महोत्सव



नेपाल समाचारपत्र, गुल्मी।

तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र गुल्मीको रुरु स्थित रिडीमा झण्डै एक दशक पछि दोस्रो रुरु महोत्सव हुने भएको छ। रुरु क्षेत्र गाउँपालिका–१ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाको आयोजनामा पौष २९ देखि माघ ९ गतेसम्म रुरु महोत्सव हुने भएको हो।

गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अवसरमा मेला लाग्ने गर्दछ। तर यस वर्ष भने महोत्सव नै हुने भएको छ। रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव हुने भएको छ।

महोत्सवको आयोजना गुल्मी उद्योग वाणिज्य संघको रिडी शाखा तथा रुरु फ्रेन्डस क्लबले संयुक्त रूपमा अयोजना गर्न लागेको हो।महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइएको छ।

महोत्सवबाट संकलन हुने रकमले रिडीक्षेत्रको बृहत्तर विकासका लागि खर्च गर्ने र आउँदा वर्षमा गरिने महोत्सवका लागि कोष खडा गरिने सुवर्णलाल कक्षपतिले जानकारी दिनुभयो।

महोत्सव नजिकदै गर्दा विभिन्न विधामा उपसमितिहरू गठन गरी जिम्मेवारीसमेत बाँडफाँड गरिएको स्थानीय कक्षपतीले बताउनुभयो। मेलामा घरेलु उत्पादन, कृषिउपज वस्तुहरूलाई प्रर्दशनीमा राखिने भएको छ। महोत्सवमा विशेषगरी कम्मल, काम्ला, राडी पाखी, बाँस तथा चोयाबाट बनेका सामाग्री, ओखरका घाँजीलगायतका वस्तुको राम्रो व्यापार हुने कक्षपतीले आशा व्यक्त गर्नुभयो।

व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारी रुकुम, रोल्पालगायतका ठाउँबाट रिडी आउने बताइन्छ। चारधाममध्येको प्रसिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेला लाग्ने गर्दछ। यस क्षेत्रमा प्राचिन समयमा देबदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ। ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ।

प्रतिक्रिया दिनुहोस्