इलाम, (नेस)।
जिल्लाको सन्दकपुर गाउँपालिका–५ जमुना इङगला स्थित आधारभूत विद्यालयमा अक्षयकोष खडा गरिएको छ। स्थानीय स्वर्गीय चन्द्रबहादुर गुरुङको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपियाँको चन्द्रबहादुर स्मृति अक्षयकोषको स्थापना गरिएको हो।
मृतक गुरु«ङका श्रीमती बलमाया गुरुङ तथा छोराहरू मित्रलाल, सिद्धिबल, भीम, पूर्ण र माधव गुरुङले १ लाख रुपियाँ बढीको अक्षयकोषको स्थापना गर्नुभएको हो।
स्थापित कोषको ब्याजबाट प्राप्त रकम सोही विद्यालयको हरेक वर्ष उत्कृष्ट हुने एक/एक जना छात्र/छात्रालाई पुरस्कृत गरिने विद्यालयका शिक्षक कुमार गुरुङले जानकारी दिनुभयो।
यसैक्रममा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि परिवर्तनको आशा नेपाल नामक संस्थाले जाडोमा लगाउने ८० थान ज्याकेटसमेत वितरण गरेको छ।
संस्थाका अध्यक्ष विकास लम्साल र महासचिव पूर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबल राई विद्यालयका प्रधानाध्यापक मोहन खतिवडालाई ज्याकेट हस्तान्तरण गर्नुभयो।











प्रतिक्रिया