आगोले एक महिलाको ज्यान लियो



सर्लाही, (नेस)।

बरहथवा–१७ श्रीपुरमा घरमै आगो बालेर ताप्ने क्रममा एक जना महिलाको ज्यान गएको छ। बुधबार राति आँगनमा बालेको आगो शरीरमा सल्किएर घाइते भएकी राजमतिदेवी साहको उपचारका क्रममा ज्यान गएको हो।

पछि घाईते भएका रामचन्द्र साहको श्रीमतीवर्ष ४० की राजमति देवी साहको उपचारको क्रममाजनकपुर अस्पतालमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ।

त्यस्तै विष्णु गाउँपालिका–१ बेल्वामा पनि आगो ताप्ने क्रममा जलेर राजन पासवानकी श्रीमती वर्ष २५ की सरस्वती पासवान घाइते हुनुभएको छ।

घरमा बालेको आगो ताप्ने क्रममा अचनाक साडीमा आगो सल्किए पछि घाइते हुनुभएकी पासवानको जिल्ला अस्पताल मलंगवामा उपचार भैइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी आगलागीबाट इश्वरपुरमा तीन वटा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। बैयलवास बजारमा रहेको हकिममियाँ, नुर अंसारी र मजहर हुसेनको पसलमा बिजुलीको तार सट भई आगलागी हँुदा ८७ लाख बराबरको क्षति भएको छ। स्थानीय नुर अंसारीको पसरलमा बिजुलीको तार सट भएर आगोलागी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्