पत्रकार र नागरिक अगुवा सम्मानित



नेपाल समाचारपत्र, दोलखा।

उज्यालो भविष्य संस्था दोलखाले आफ्नो दोस्रो वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकार र नागरिक अगुवासहित ६ जनालाई सम्मान गरेको छ।
विशेष गरी बालबालिका, महिला र युवाको क्षेत्रमा काम गर्दै आएको उज्यालो भविष्य संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसरमा नागरिक अगुवा कृष्ण बस्नेत, राजधानी दैनिकका दोलखा समाचारदाता दीपशंकर चौलागार्इं, दोलखाबाट प्रकाशित दीक्षण दैनिकका सम्पादक श्रृजन घिमिरे, सामुदायिक अस्पताल चरिकोटका सञ्चालक अमृत बुढाथोकी, महिला सहकारी अभियन्ता शर्मिला सापकोटा र डान्स क्रियु संस्थालाई सम्मान गरेको छ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले महिला, बालबालिका तथा युवाको अधिकार संरक्षण एवं सामाजिक उत्तरदायित्व बहन गर्न सामाजिक संघ संस्था, पत्रकार, नागरिक अभियान्तालगायत सबैले स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो।

उज्यालो भविष्य दोलखाका अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नागरिक अभियन्ता कृष्ण बस्नेत, प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं, गैर सरकारी संस्था महासंघ दोलखाका कोषाध्यक्ष गोकर्ण भण्डारी, आवाज नेपालको अध्यक्ष सिर्जना कार्की, उज्यालो भविष्य दोलखाका वरिष्ठ उपाध्यक्ष भरत बस्नेत र महासचिव निर्जला शिवाकोटीले मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभाले पुनः राजन बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्