सुकेटार विमानस्थलको स्तरोन्नति कार्य तीव्र



 दिलकुमार लिम्बू, ताप्लेजुङ।
सुकेटार विमानस्थलको स्तरोन्नती गर्ने कार्य तीव्र्र रूपमा भइरहेको छ। सहज उडान र अवतरणका लागि विमानस्थलको थप विस्तार र स्तरोन्नतिको काम भइरहेको हो।
भ्रमण वर्षलाई लक्षित गरी भइरहेको विस्तारको कार्य तीव्र गतिमा अघि बढेको सुकेटार विमानस्थल प्रमुख रूपेश मुरारकाले जानकारी दिनुभयो। अहिले विमानस्थलको धानवमार्ग ७ सय मिटर लम्बाई र चौडाइ २० मिटरको छ । स्तरोन्नतिपछि ९ सय मिटर हुने बताइएको छ ।
थप विस्तारपछि जहाज विमानस्थलको उत्तर र दक्षिण दुवैतर्फबाट उडान तथा अवतरण गर्न सकिने जनाइएको छ  । प्राधिकरणले १६ करोड बजेट छु्ट्याएकोमा कृष्ण बंगलामुखी जेभी कन्ट्रक्सनले ८ करोड ९९ लाख ५० हजारमा ठेक्काको जिम्मा लिइ काम शुरु गरेको छ।
यस विमानस्थलमा नेपाल वायु सेवा निगमले साताको तीन दिन सोमबार, बुधबार र शनिबार काठमाडौं–ताप्लेजुङ उडान गर्दै आएको छ भने सीता एयरले समेत दैनिक भद्रपुर ताप्लेजुङ उडान गरिरहेको छ।

ताप्लेजुङ एक पर्यटकीय जिल्ला भएकाले विभिन्न देशका विदेशी पर्यटकहरू कञ्चनजङ्घा हिमाल आउनेजाने साथै विश्वको प्रख्यात शक्तिपीठ पाथीभरा देवीको पूजा गर्न आउनेलाई निकै सहज हुने भएकोछ।

प्रतिक्रिया दिनुहोस्