दर्जन स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री



सलिम अन्सारी, प्युठान।

प्युठानका १२ स्वास्थ्य संस्था किशोर–किशोरीमैंत्री सेवा प्रवाहका लागि योग्य भएका छन्।  स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले यस वर्ष जिल्लाका ६ वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाह गरेको प्रमाणिकरण गरेको हो।

महाशाखाले गत आर्थिक वर्षमा जिल्लाका ६ वटा स्वास्थ्य संस्था प्रमाणिकरण गरेको थियो।  महाशाखाका निर्देशक डा.भीम सिंह तिङ्कारी नेतृत्वको टोलीले जिल्लामै पुगेर स्वास्थ्य संस्था प्रमाणिकरण गरेको हो।

उहाँले सेवाको गुणस्तर अभिबृद्धी तथा प्रमाणिकरण सामाग्री २०७२ बमोजिम ९ वटा विभिन्न मापदण्ड पुरा गरे पछि प्रमाणिकरण गरिएको बताउनुभयो।

यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र खलँगा, तोरबाङ, धरमपानी, बर्जिबाङ, सापडाँडा र  देवीस्थान स्वास्थ्यचौकी किशोर–किशोरीमैत्री सेवाका लागि प्रमाणिकरणमा परेको खलँगा स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो।

 आर्थिक वर्ष २०६६/०६७ मा देशका ५ जिल्ला बर्दिया, दैलेख, सुर्खेत, जुम्ला, बैतडीका २६ वटा स्वास्थ्य संस्थालाई किशोर–किशोरी यौन तथा प्रजन्न स्वास्थ्य कार्यक्रम निर्देशिका बमोजिम शुरु भएको अभियान शुरु भएको थियो।

यस अघि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्र्री, सोत्रे, गोठिबाङ, खैरा, बरौंला र ओखरकोट स्वास्थ्यचौकीले उक्त सेवा प्रवाह गरिरहेको सुबेदीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्