जडिबुटी बेच्न तराई झरे स्कुले बालबालिका



पुष्पा थापा,  सर्लाही।
उच्च पहाडी तथा हिमाली भेगबाट जाडो छल्न आएका स्कुलले बालबालिकाहरू तराई–मधेश पुगेपछि जडिबुटी बेच्न थालेका छन्। चिसो र हिमपातको कारण त्यहाँको सामुदायिक विद्यालय तीन महिनाका लागि बन्द भएपछि अधिकाँश विद्यालयका स्कुले बालाबलिकाहरू समूह बनाएर जडिबुटीको ब्यापार गर्न तराई आइपुगेका हुन।

विद्यालय बन्द भएपछि पढाई खर्चको जोहोगर्नका लागि हिमाली जडिबुटी बोकेर व्यापार गर्न साथीसँग तराइ आएको हिमशिखर मावि जुम्ला कक्षा ८ मा पढ्ने १५ वर्षका छात्र तिलक न्यौपानेले बताउनुभयो।

‘जडिबुटीको व्यापार गर्न अहिले हामी १४ जना यहाँ आएका छौं, उहाँले भन्नुभयो–‘दिनभरी घरगाँउ डुलेर जडिबुटी बेच्ने गर्छौ, राती बासबस्न सबैलाई पायक पर्ने गरी कोठा भाडमा लिएका छौं। व्यापारको कुनै ठेगान हुँदैन, दैनिक ५ र ६ सय हाराहारीमा बिक्री हुन्छ।’

उहाँहरूले हिमाली तथा उच्च पहाडी भेगमा पाईंने सिलाजित, जटामसी, पाखनबेद, बुडोओखतो, हिङ, जिम्बु, यार्चागुम्वा, बिरेनुन, टिम्बुर, भेडीको घ्युलगायतका हिमाली जडिबुटी घरघरमा पुर्याएर बेच्ने गरेका छन्।

जुम्लादेखि जडिबुटी बेच्न यहाँ आइपुगेका राजकुमार रावलले बताउनुभयो। ‘हिउँ परेर जाडोले बाहिर निस्केर काम गर्न सकिँदैन, उहाँले भन्नुभयो–‘जाडो बिदामा अलिअलि पढाई खर्चको कमाई हुन्छ भनेर यहाँ आएका हौं।’

गर्मीयाममा हिमाली भेगबाट संकलन गरी राखेको जडिबुटी बेच्न अहिले तराइमा आएको जुम्लाका १४ वर्षीय सन्तबहादुर मगरले बताउँनुभयो।

उनीहरू तराइको शितलहरमा पनि विहानै उठेर कराउँदै हातमा जडिबुटी बोकेर गाँउगाँउमा बेच्न पुग्छन। जडिबुटी बेच्न तराइमा आएका उनीहरू जाडो कम हुँदै गएपछि पुनःथाकथलोतर्फ फर्कने गरेका छन्। तीन महिनाको व्यापारले छोराछोरीको पढाई र नुन तेलको खर्च जोहो हुने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्