वैदिक धर्म प्रशिक्षण शुरू



नेपाल समाचारपत्र, स्याङ्जा।

वैदिक धर्म प्रशिक्षण विशेष कार्यक्रम वालिङमा सम्पन्न भएको छ। ‘वैदिक सनातन धर्म संस्कार र संस्कृतिको संरक्षण, राष्ट्र, राष्ट्रियता र आर्थिक संमृद्धिका लागि हामी उठौंं’ भन्ने नाराका साथ प्रशिक्षण कार्यक्रम गरिएको हो।

विश्व हिन्दू महासंघ वालिङ नगर समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा १००८ स्वामी ईश्वरानन्द महाराजजी, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य प. नेत्रप्रसाद पराजुली, ब्राह्मण समाज स्याङ्जाका अध्यक्ष पुण्यप्रसाद तिमिल्सना, प. रेवाधर उपाध्यायलगायतले प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले वैदिक सनातन धर्ममा सबै अटाउने खालको र बृहत भएको बताउनुभयो। ‘वास्तविक धर्म वैदिक सनातन नै हो अरू सबै सम्प्रदाय मात्रै हुन्,’ उहाँले भन्नुभयो– ‘जुन विभिन्न व्यक्तिहरूले स्थापना गरेका छन्।’

हिन्दू संस्कार र संस्कृति वैदिक कालको भएको भन्दै यसमा शक्ति साधना भएको र मोक्ष वास्तविक पक्ष रहेको बताउनुभयो। उहाँले यस्ता प्रशिक्षणले विभिन्न खाले भ्रम चिर्न सहज हुने धारणा राख्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्