मध्य तराईमा शीतलहर, जनजीवन कष्टकर



नेपाल समाचारपत्र, वीरगन्ज।
मध्यतराईमा बढेको शीतलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ। गर्मी याममा ४४ डिग्रीसम्मको तामक्रम हुने वीरगन्जसहितका मध्ये तराईका शहरहरूमा चिसोका कारण जनजीवन कष्टकर बनेको हो। पर्सामा अति विपन्नको संकलित तथ्यांकअनुसार १ हजार ६ सय २१ घरधुरीका ६ हजार ७ सय ७१ जना अति विपन्न परिवारका सदस्य रहेका छन्

बाहिरबाट जिल्लामा काम विशेषले आउने, बटुवालगायतका जिल्लाका सबै मानिसलाई यो वर्षको शीतलहरमा चीसोकै कारण पर्सामा ज्यान गुमाउन नपरोस् भनि विभिन्न उपायसमेत अपनाइएको जनप्रतिनिधिहरूले बताएका छन्।पहिलो प्राथमिकता अति विपन्नलाई बचाउने जिल्लामा अति विपन्न कति मानिस छन् ?

भनी हरेक पालिकाका दलित, सीमान्तकृत विपन्न समुदायबाट संकलित तथ्यांकमा ६ हजार ७ सय ७१ जनाको तथ्यांक जम्मा भएको पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो।
पूर्वतयारीमा स्थानीय प्रशासन गएको मंसिर २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका सबै सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरूको बैठकले शीतलहरका समयमा के–के गर्न सकिन्छ ?
भनि सुझाव संकलन गर्ने, पूर्वतयारीका लागि इन्धन, न्यानो कपडा जोगाड गर्ने, इन्धन बाल्दा हुन सक्ने आगलागी र अन्य विपत्का घटनामा आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने जस्ता कामको कार्य विभाजन गरेको छ।

यसका लागि ६ बुँदे निर्णयसहित विभिन्न सामाजिक संघसंस्थासँग पनि समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। न्यानो कपडाका लागि स्थानीय तह, रेडक्रस, उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी कृषि फसलको संरक्षण, रेखदेख वा क्षतिको निरुपणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तहलगायतका संस्थालाई तयारी रहन भनिएको छ।
जिल्लाभरिमा संकलित न्यानो कपडाले अपुग हुने आँकलन गर्दै संघ सरकारसँग तीन हजार र प्रदेश सरकारसँग एक हजार पाँच सय कम्बल तथा न्यानो कपडाको माग गर्ने, त्यसको पहल जिल्ला प्रशासन कार्यालयले गर्ने, चीसोमा चोकचोक, र ग्रामीण वस्तीको संरक्षणका लागि वन कार्यालय र टिम्बर कर्पोरेसनले स्थानीय तहसँग समन्वय गरी अलि बढी सकृयता देखाउनेलगायतका कार्य विभाजन भएको छ।

सुरक्षित रहन चिकित्सकको सुझाव यो वर्षको चिसो र शीतलहरले जनजीवन निकै कष्टकर बन्न थालेपछि चिसोका कारण अस्पतालमा बिरामीहरूको संख्या पनि बढेको अस्पतालका चिकित्सकहरूले बताएका छन्। चिसोमा बालबालिका, वृद्धवृद्धा र बिरामीको बढी ख्याल गर्नुपर्ने चिकित्सकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्