नेकपाले टुङ्ग्यायो सांगठनिक कार्यविभाजन



नेपाल समाचारपत्र, हेटौंडा।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले आफ्नो सबै सांगठनिक कार्यविभाजन टुङ्ग्याएको छ। बैठकले प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचन क्षेत्र र जिल्लाका सबै दश स्थानीय तहको विभागीय, संगठनतर्फका संयोजक र सहसंयोजकमा कार्यविभाजन गरेको हो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणका क्रममा नेकपा मकवानपुरले भूगोल, विभाग र जनसंगठनको एकता र जिम्मेवारी बाँडफाँट गरेको हो। नेकपा मकवानपुरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जिम्मेवारी बाँडफाँटसँगै पार्टी एकताले पूर्णता पाएको जनाएको छ।

पार्टीको तेस्रो बैठकबाट कार्यविभाजन गरिएको हो। नेकपा मकवानपुरले ६ वटा निर्वाचन क्षेत्र, दश स्थानीय तह, २६ विभाग र २० जनसंगठन संयोजक र सहसंयोजक टुङ्ग्याएको पार्टी प्रचार तथा प्रकाशन विभाग संयोजक तथा हेटौंडा–४ अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य÷मकवानपुर सहइञ्चार्ज रामेश्वर रानाले ‘समृृद्ध नेपाल–सुखी नेपाली’को अवधारणा सबैले पूरा गर्न लाग्नुपर्ने र लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै देश विकासमा आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सहइन्चार्ज रानाले पार्टी एकताको सन्देशसहित सबैले सकारात्मक भूमिका निर्वाह गरेर पार्टीलाई उचाईंमा पुर्याउनुपर्नेमा जोड दिनुभयो।
नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलले पार्टीभन्दा माथि कोही नहुने भएकाले यसैअनुसार काम गर्न आग्रह गर्नुभयो।

अब छिट्टै स्थानीय तहको प्रशिक्षण गरिने बताउँदै उहाँले भन्नुभयो– ‘घोषणापत्रमा उल्लेख गरिएका काम स्थानीय तहले गर्नुपर्छ। पुसभित्र स्थानीय तहले गरेका कामको समीक्षा गर्ने तयारीमा छौं।’

विभाजनअनुसार कार्यक्षेत्र समन्वय कमिटी संयोजकतर्फ प्रतिनिधिसभा–१ मा बलराम बल र सचिवमा अनिल बानियाँ, प्रतिनिधिसभा–१ (क) संयोजक कमल विष्ट र सचिव ज्ञानसागर लामा, प्रतिनिधिसभा–१ (ख) संयोजक गोपाल श्रेष्ठ र सचिव बालकृष्ण चौलागाईं, प्रतिनिधिसभा–२ संयोजक एकलाल श्रेष्ठ र सचिव प्रकाशचन्द्र पाण्डे, प्रतिनिधिसभा–२ (क) संयोजक शंकरराज बानियाँ र सचिव भगवती पुडासैनी तथा प्रतिनिधिसभा–२ (ख) संयोजक लालबहादुर थापा र सचिव नरेन्द्र रिजाल रहनुभएको छ।

पालिकातर्फ बागमतीमा इन्चार्ज अणराज जर्गामगर र सहइन्चार्जमा हस्तबहादुर थिङ, शर्मिला विक, खेम जर्गामगर, बकैया गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रिन, सहइन्चार्ज कृष्ण चौलागाईं, मकवानपुरगढी गाउँपालिका इन्चार्ज मानकुमारी नेपाली र सहमा तेजप्रसाद लम्साल, भीमफेदी गाउँपालिका इन्चार्जमा बद्रीलाल स्यांतान र सहमा पञ्चमाया स्यांतान, इन्द्रसरोवर गाउँपालिका इन्चार्जमा रामचन्द्र बल, सहमा विनय गोले र देवकृष्ण पुडासैनी, थाहानगरमा इन्चार्ज विष्णु ढकाल, सहमा लक्ष्मण विष्ट र राजु नापित, कैलाश गाउँपालिका इन्चार्जमा बालकुमार मल्ल र सहमा बच्चु ढुंगाना, राक्सिराङ गाउँपालिका इन्चार्जमा वनस्थम थिङ र सहमा सुन्तली प्रजा रहँदा मनहरी गाउँपालिका इन्चार्ज राजाराम स्यांतान र सहमा हीराबहादुर स्यांतान र गौतम लामा तथा हेटौंडा उपमहानगरमा इन्चार्ज श्रीधर पोखरेल र सहमा विवेक राई रहनुभएको छ।

संगठन विभाग प्रमुख बद्रीप्रसाद लम्साल र उपप्रमुख कमानसिं पाख्रिन, प्रचार तथा प्रकाशन विभाग प्रमुख सिग्देल, उपप्रमुखमा जनक पहरी, पार्टी स्कुल विभाग उपप्रमुख ध्रुव चौलागाईं, शिक्षा तथा मानवस्रोत विभाग प्रमुख पद्मा पौडेल, उपप्रमुख तारानाथ खतिवडा र चन्द्र भुसाल तथा उद्योग, वाणिज्य विभाग प्रमुखमा इन्द्र नेपाल र उपप्रमुखमा रुपेश बर्तौला रहनुभएको पार्टीले जनाएको छ।

युवा तथा खेलकुद विभाग प्रमुख हिदम लामा, उपप्रमुख चन्द्र घलान, श्रम तथा रोजगार विभाग प्रमुख बच्चु खड्का गोले र उपप्रमुख श्याम श्रेष्ठ, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख लोकनाथ गौतम र उपप्रमुख जीवन लामा, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुख फुर्वा दोर्जेलामा र उपप्रमुख तारा सिन्तान, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा विदुर हुमागाईं, उपप्रमुखद्वयमा अप्सरा लोप्चन र मञ्जु थिङ, अर्थ तथा योजना विभाग प्रमुख परशुराम गौतम र उपप्रमुख टंक मुक्तान रहनुभएको छ।

पार्टीका अनुसार वन तथा वातावरण विभाग प्रमुखमा जीवन गोले र उपप्रमुखमा पार्वती राना, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा सरोज खनाल र उपप्रमुखमा मणि पाठक, कृषि तथा भूमिसुधार विभाग प्रमुख जयबहादुर वाइबा र उपप्रमुख शंकर राई, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख प्रकाश पौडेल र उपप्रमुख गीता कार्की हुनुहुन्छ भने न्याय, कानुन तथा मानवअधिकार विभाग प्रमुखमा लक्ष्मी माझmी र उपप्रमुखमा मीना रुपाखेती रहनुभएको छ।

उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुख उत्तम शर्मा र उपप्रमुख चन्द्र योञ्जन, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख विष्णु दाहाल, उपप्रमुख जयबहादुर थिङ, शहरी विकास विभाग प्रमुखमा हेटौंडामा मेयर हरिबहादुर महत र उपप्रमुखमा पूर्णबहादुर वाइबा, निर्वाचन विभाग उपप्रमुखमा आनन्द घलान, साहित्य, कला तथा सँस्कृति विभाग प्रमुखमा कमला विक र उपप्रमुखमा बुद्धरत्न मानन्धर, समाजकल्याण विभाग प्रमुख सीता विष्ट, उपप्रमुख वसन्त गौतम, स्थानीय तह विभाग प्रमुखमा मदन दाहाल, उपप्रमुखमा ज्ञानकुमार थोकर, खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा सन्तवीर लो, उपप्रमुखमा जुना दाहाल र प्रेमबहादुर डिम्डुङ, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा तिलककुमार अधिकारी, उपप्रमुखमा ज्ञानेन्द्र लामिछाने रहँदा राजकीय मामिला तथा सुशासन विभाग प्रमुखमा शेरबहादुर पहरी, उपप्रमुखमा राजन थापा हुनुहुन्छ।

कार्यक्रममा नेकपा मकवानपुर सचिव प्रेमबहादुर पुलामीसहित जिल्लास्तरका संगठनहरू, विभाग प्रमुखलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्