नक्कली छाप र दस्तखत बनाउने पक्राउ



पोखरा, (नेस) ।

आफू प्रहरी भएको भन्दै नक्कली छाप र दस्तखद गर्ने पक्राउ परेका छन्। पोखरा महानगरपालिका इलाका प्रहरी कार्यालय डाँडाको नाग हंसपुरको प्रहरी भन्दै गर्ने क्रममा सोही स्थानका ३० वर्षीय सुवास थापालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय डाँडाको नाग हंसपुरले लिलामी गरेका सवारी साधनहरू सोही कार्यालयमा रहेको र त्यहीँबाट उपलब्ध हुने भन्दै नक्कली छाप र किर्ते हस्ताक्षर गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्