लैंगिक उत्तरदायी जोखिम व्यवस्थापन कार्यक्रम



नेपाल समाचारपत्र, दोलखा।

दोलखाको सदरमुकाम चरिकोटमा लैंगिक उत्तरदायी जोखिम व्यवस्थापनसम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मिडिया एक्सन ग्रुप, महिला मैत्री विपद् व्यवस्थापन समूह (डब्लूएफडीएम), आईओएम यूएन माइग्रेसन र यूएन वोमनको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहकार्यमा भएको अन्तरक्रियामा जागरण नेपालको मनिषा सुवेदीले लैंगीक उत्तरदायी जोखिम व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पत्रकार चिरञ्जीवी मास्केले विपद् न्यूनीकरण र व्यवस्थापनमा मिडिया विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा जागरण नेपालकी लीला शर्मा, आईओएमकी कविता पन्त, पत्रकार रक्षा ढकाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नेपाल प्रेस युनियन बागमती विशेष क्षेत्र संयोजक रमेश खतिवडा, देवी शिवाकोटीलगायतले आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न राष्ट्रिय दैनिक, अनलाइन, टेलिभिजन र स्थानीयस्तरमा कार्यरत क्रियाशील २० जना पत्रकारको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्