जिल्ला अस्पताल डोटीमा निःशुल्क उपचार



SONY DSC

नेपाल समाचारपत्र, डोटी।

जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ। अस्पतालमा स्वास्थ्य उपचार गर्न आउने जेष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपा«ङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयमसेविकालाई निःशुल्क उपचार गर्ने भएको हो।

अस्पताल व्यवस्थापन समितिको पहिलो बैठकको निर्णयले अस्पतालमा उपचार गराउन आउने चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो। उहाँले भन्नुभयो–‘सम्भवतः यो हाम्रो प्रदेशकै पहिलो निर्णय हो।’

अध्यक्ष जोशीका अनुसार जिल्ला अस्पतालमा उपचार गराउन आउने चार प्रकारका व्यक्तिलाई नाम दर्तादेखी चिकित्सकीय तथा भिडियो एक्सरे तथा ल्याबमा कुनैपनि प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ। सेवा लिन आउने उक्त प्रकारका व्यक्तिहरूले आफनो परिचय खुल्ने कागजात भने अनिवार्य ल्याउनु पर्ने भनिएको छ।

जिल्ला अस्पताल डोटीको स्वास्थ्य सेवा थप प्रभाबकारी बनाउनकालागि अस्पताल व्यवस्थापन समितिले नयाँ चिकित्सक भर्ना गर्ने निर्णयसमेत गरेको छ। अस्पतालको विकास तथा थप सुधारकालागि समितिको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र बिष्टले जानकारी दिनुभयो।

प्रदेश सरकार सामजिक विकास मन्त्रालय अन्तरगत रहेको जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समिति आएपछी अबरुद्ध कामहरूले निरन्तरता पाउने भएका छन्। जिल्ला अस्पतालले जेष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ बर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयमसेबिकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेपछि यहाँका स्थानीयबासी निकै खुसि भएका छन्।

प्रतिक्रिया दिनुहोस्