नगरपालिकाले नै गर्छ आँधीखोलाको अबैध दोहन



अमृत अर्याल, स्याङजा ।

वालिङ नगरपालिको कार्यालयको अनुमतीमा अबैध तरीकाले विभिन्न व्यवसायीहरुले आधिखोलाको दोहन गरेका छन् । जिल्ला समन्वय समिति स्याङजाले वालिङ नगरपालिकाको क्षेत्रमा रहेको आधिखोलामा अनुगमन गरेपछि वालिङ नगरपालिकाको कार्यालयको अनुमतिमा अबैध रुपमा आधिखोला दोहन भएको पाईएको हो । नगरपालिकाले आई ई ई को मापदण्ड बिपरीत उत्खनन् तथा निकासी गर्ने अनुमती दिए पछि आँधिखोलामा अबैध दोहन बढेको हो ।

अबैध उत्खनन् कार्यमा डोजरको प्रयोग गर्ने नियमै छैन । नियम विपरीत नगरपालिकाद्धारा नम्बर प्लेट नै नभएको अबैध एक्साभेटर उत्खनन् कार्यमा प्रयोग गरिएको छ । आधिखोलाको संरक्षण गर्ने वालिङ नगरपालिकाको पनि दायित्व भए पनि अबैध तरिकाले उत्खनन् गर्न पत्रै बनाएर अनुमति दिएको पाईएको छ । आई ई ई को रिपोर्ट अनुसार ८ हजार घनमिटर उत्खनन् गर्न पाईने नियम भएपनि वालिङ नगरपालिकाको आर्थिक मिलेमतोमा वडा प्रहरी कार्यालयलाई बोधार्थ राखेर ३० हजार घनमिटर उत्खनन् गर्न अनुमति दिएको छ ।

नियम अनुसार नै उत्खनन् भएको बताउनुहुन्छ, वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाण । खाणले बुझाईमा समस्या भएको बताउदै आधिखोलाको संरक्षणमा वालिङ नगरपालिका पनि लागेको दावी गर्नुभयो । ३ वर्ष बाट खोलामा डोजर चलाएको छु भन्दै जिल्ला समन्वय अधिकारी विश्व प्रकास अर्याललाई चुनौति समेत दिनुभयो ।

यतीमात्रै कहा होर अझै वडा प्रहरी कार्यालय वालिङको संरक्षणमा आधिखोलाको अबैध तरिकाले दोहन भएको छ । प्रहरीले देखे पनि नदेखे झै गरि बस्दै आएको छ । यही खोलाबाट आँधिखोला जलबिद्युत्त आयोजना समेत संचालित छ । यहाँको जलचर मध्ये असला, भतरलक र बाम लोप भैसकेका छन् ।

माझी समुदायको माछा मारेर जिबीकोपार्जन गर्ने पेशा हराएको छ । आँधीखोले सभ्यता नै हराउन थालेपछी जिल्ला समन्बय समिती र जिल्ला प्रशासन कार्यालयको रोहोबरमा खोला भित्र मेशीन चलाउने, साँझ ५ बजेपछी नदीजन्य पदार्थ ओसार पसार गर्ने र अनियन्त्रीत निकासी गर्ने कार्य रोक्न बिभिन्न स्थानिय तहलाई सुझाब दिएको जिसस महासघं प्रमुख सिता सुन्दासको भनाई छ ।

जिल्ला भित्र ६ बटा स्थानिय तहभित्र पर्ने यस खोलाको संरक्षण भन्दा क्षणीक लाभ लिने प्रबृत्तीले पर्याबरणीय असर मात्र होईन धार्मीक महत्ब समेत ओझेलमा परेको छ । धार्मीक पात्र श्रबण कुमारको मृत्युसँगै पुत्र बियोगमा अन्धा अन्धी माता पिताले बगाएको अंश्रुधाराबाट अन्धा अन्धी दह, अन्धा अन्धी खोला हुँदै अपभ्रम्स भई आँधीखोला भएको धार्मीक ग्रन्थमा पढ्न पाईन्छ ।

खोलामा प्रयोग गरिएको डोजर नेपाल सरकारको नियम विपरीत भएको जिल्ला समन्वय अधिकारी विश्व प्रकाश अयालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्