सुकुम्बासी भएर कोही पनि बस्नुपर्दैन : मन्त्री अर्याल



नेपाल समाचारपत्र, सर्लाही।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब देशमा कुनै पनि नागरिक सुकुम्बासी भएर बस्नुनपर्ने बताउनुभयो। सर्लाहीको बरहथवामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

मन्त्री अर्यालले सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी ताथा खालि रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको बताउनु भयो।

भू–व्यवस्था सम्बन्धी शक्तिशाली आयोग गठन गरेर लागू गर्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘सरकारले लामो समय लगाएर भूमिसम्बन्धी कानुन बनाइसकेको छ, अब सरकार कार्यान्वयनको पक्षमा रहेकाले केही समय लाग्छ, आयोग बनिसकेपछि भूमिसम्बन्धी कुनै समस्य आउँदैन।’

बरहथवा नगरपालिका प्रमुख देवान्नद महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रम उहाँले यसभन्दा पहिले भूमाफियाले नक्कली जग्गा धनीपुर्जा बनाएर भोगचलन गरेको बरहथवा नगरपालकाभित्रको १८ बिघा १५ कठ्ठा १३ धुर जग्गा पुनः खारेजी गरेर सार्वजनिक जग्गा कायम गरिएको उहाँले घोषणा गर्नुभयो।

सरकारले नागरिक सम्पत्तिको सुरक्षाका लागि सबै जग्गालाई कम्प्युटरको सफ्टवेयरमार्फत थप व्यवस्थापन गर्दै जाने पनि बताउनुभयो। बरहथवा नगरपालिका–४ खैरा टोलमा रहेको ६ बिघा सार्वजनिक जग्गालाई वडा अध्यक्ष लखेन्द्र महतोले फर्जी धनीपुर्जा बनाउन सिफारिस गरेपछि स्थानीयले उक्त जग्गा खारेज हुनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए।

त्यसैगरी हिरापुर लौकटमा रहेको ८ बिघा जग्गालाई भू–माफियाले नक्कली जग्गा धनीपुर्जा बनाई भोगचलनको प्रयास गरेपछि स्थानीयले बरहथवा नगरपालिकाको कार्यालयमा निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्