बेग्लै धार्मिक कथन र महिमा सिङ गुम्बाको



नेपाल समाचारपत्र, (रसुवा)।

चर्चित गोसाइँकुण्ड जाने बाटोमा पर्ने सिङ गुम्बाको महिमा र धार्मिक कथन बेग्लै रहेको छ। यो गुम्बा भार्खु वा धुन्चेबाट करिब पाँच घण्टाको उकालो चढेपछि गुम्बामा पुग्न सकिन्छ। गुम्बा धेरै पुरानो नभए पनि स्थानीय तामाङ समुदायमा यसको ठूलो महत्व रहेको छ। सिङ गुम्बाको नाम चन्दनको काठबाट निर्माण गरिरहेको हुनाले यसको नाम सिङ गुम्बा रहनगएको बताईन्छ।

धेरै वर्ष पहिले जंगलसँगै गुम्बामा आगलागी भएको धेरै वर्ष पछिमात्र यस गुम्बाको जीर्णोदार गरिएको थियो। करिब चार—पाँच दशक अधि मुस्ताङको थाक खोलातिरबाट आएका रिन्जेन दोर्जे हिराचन थकाली लामा आएर गुम्बाको प्रमुख लामा सिङ गुम्बाको मेमेसँग मिलेर गाउँँलेहरूको सहयोगमा गुम्बा जीर्णोदार गरिएको थियो। यी दुवै लामाको अहिले मृत्यु भईसकेको छ।

गुम्बामा चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल पक्ष १३ देखि १६ तिथि (छेवा चुसोमदेखि चुरु)सम्म चार दिन ङयुङने (ब्रत) पूजा ङयुङनेको समयमा लामा तथा मान्यजनहरूले समेत तोकिएको अवधिभर अन्न पानी खानु हुँदैन।

कसैसँग आवाज वा कानेखुसी गर्नु पनि हुँदैन्। यो एक प्रकारको कडा धार्मिक नियममा बाँधिएर गरिने पूजा हो।यो पूजा गर्नाले धेरै प्रकारका पापकर्मबाट मुक्ति हुने विश्वास गरिन्छ।

हरेक दिन बोल्दा, हिड्दा, बस्दा, उठ्दा र काम गर्दा आँखाले नदेखिने किराहरू मारिएको हुन सक्ने भएकाले वर्षमा एक पटक ङयुङने बसेर प्रायश्चित गर्यो भने अर्को जुनिमा पुग्ने विश्वास लामाहरू व्यक्त गर्दछन्।

प्रतिक्रिया दिनुहोस्