सिङ गुम्बाको महिमा र धार्मिक कथन

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

च्र्चित गोसाइकुण्ड जाने बाटोमा पर्ने सिङगुम्बाको महिमा र धार्मिक कथन बेग्लै छ । भार्खु वा धुन्चेबाट करिब पाँच घण्टाको उकालो चढेपछि गुम्बामा पुग्न सकिन्छ । गुम्बा धेरै पुरानो नभए पनि स्थानिय तामाङ समुदायमा यसको ठुलो महत्व छ । सिङगुम्बाको नामचन्दनको काठबाट निर्माण गरिरहेको हुनाले यसको नाम सिङगुम्बा रहन गएको बताइन्छ ।
विगतमा यो क्षेत्रमा सेतो चन्दनको ठुलो जंगल थियोरे पछि आगलागी भएर जङगलनै सखाप भएपछि अहिलेको गुम्बा धेरै पछि मात्र जीर्णोदार गरिएको हो । करिब चार–पाँच दशक अघि मुस्ताङको थाक खोला तिरबाट आएका रिन्जेन दोर्जे हिराचन थकाली लामा आएर गुम्बाको प्रमुख लामा सिङगुम्बाको मेमेसँग मिलेर गाउँँलेहरुको सहयोगमा गुम्बा जीर्णोदार गरिएको थियो । यी दुवै लामा अहिले जिवित छैनन् ।

गुम्बामा चन्द्र पात्रो अनुसार प्रतयेक वर्ष असोज महिनमको शुक्ल पक्ष १३ देखी १६ तिथि (छेवा चुसोम देखी चुरु ) सम्म चार दिन ङयुङने (ब्रत) पुजा ङयुङनेको समयमा लामा तथा मान्यजन हरुले समेत तोकिएको अवधिभर अन्न पानी खानु हुदैन ।कसै सँग आवाज वा कानेखुसी गर्नु पनि हुदैन यो एकप्रकारको कडा धार्मिक कडा नियममा बाधिएर गरिने पुजा हो ।

यो पुजा गर्नाले धेरै प्रकारका पापकर्मबाट मुक्ति हुने विश्वास गरिन्छ हरेक दिन बोल्दा हिडदा बस्दा उठदा र काम गर्दा आँखाले नदेखिने किराहरु मारिएको हुन सक्ने भएकाले वर्षमा एक पटक ङयुङने बसेर प्रायश्चित ग¥यो भने अर्को जुनिका लागी पुग्न हुने विश्वास लामाहरु व्यक्त गर्दछन् ।

धार्मिक क्षेत्रहरु धेरै रहेको रसुवामा यो गुम्बा महत्वपुर्ण हो गोसाइकुण्ड जाने बाटोमा नै पर्छ र परिचित पनि छ ।