सेनाको गाडीले ठक्कर दिँदा एकको मृत्यु



रामेछाप, (नेस)।

रामेछाप नगरपालिका–८ भङ्गेरीमा सेनाको गाडीले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको बा१झ १०७० नम्बरको सेनाको गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा३८प ३९४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक १३ वर्षीया सुनिल तामाङको मृत्यु भएको हो।

त्यस्तै घाइते हुनेमा मोटरसाइकलमा सवार १४ वर्षीया रामकृष्ण शाही रहेका छन्। शाहीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो।

घाइते शाहीको रामेछाप जिल्ला अस्पतालमा उपचार भइरहेको छ।तिव्र गतिमा रहेको मोटरसाइकल हेल्मेट नलगाइ चलाएकाले दुर्घटना भई चालकको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्