स्वास्थ्य शिविरमा ११ सय जना लाभान्वित 



नेपाल समाचारपत्र, बर्दिया।
बाँसगढी नगरपालिका वडा नं.६ अन्र्तगत रहेको दमौलीस्थित जनप्रिय माध्यमिक विद्यालयमा निजामति कर्मचारी आदिकारिक टे«ड युनियन जिल्ला समिति बर्दियाको आयोजनामा एक दिवसीय स्वास्थ्य सेवा शिविरमा करिब १ हजार १ सय जनाभन्दा बढी लाभान्वित भएको छन।उक्त शिविरमा कुल १ हजार ७८ जनाले मुल दर्ता गराएका थिए।
जसमध्ये स्वास्थ्य सेवा प्राप्त गर्नेमा छाला तथा यौन रोगतर्फ १ सय ८६ जना, हाडजोर्नी तथा नसातर्फ ४ सय ४६ जना, आँखातर्फ २ सय ९० जना,  दाँततर्फ ५२ जना र सामान्य (विविध) उपचारतर्फ २ सय ७६ जना पुगेको कुरा सो युनियनका सचिव कृष्ण भट्टराईले जानकारी गराउनुभयो। साथै मुल दर्ताबाहेक मधुमेह रोगको परीक्षण गराउनेको संख्या १ सय ६१ जना रहेको बताउनुभयो।

शिविर सञ्चालनका लागि बाँसगढी नगरपालिकाले २ लाख रुपियाँबराबरको औषधि सहयोग उपलब्ध गराएको थियो। त्यसैगरी शिविर सञ्चालन गर्न सहयोग तथा समन्वय गर्ने अन्य संस्थाहरूमा निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन केन्द्रीय समिति, स्वास्थ्य कार्यालय बर्दिया, नगरस्वास्थ्य शाखा, बाँसगढी नपा, नेपाल औषधि व्यवसायी संघ बाँके र बर्दिया, भिजन आँखा अस्पताल नेपालगन्ज बाँके रहेका छन्, भने सहकार्य गर्ने मा निजामति कर्मचारी संगठन बर्दिया, नेपाल निजामति कर्मचारी युनियन संघ बर्दिया, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) बर्दिया, राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुलरिया, बर्दिया, वडा नं. ६ वडा कार्यालय बाँसगढी बर्दिया, जनप्रिय माध्यमिक विद्यावलय बाँसगढी–६, बर्दिया छन्।

शिविरमा स्वास्थ्य उपचारका लागि हाडजोर्नी तथा नसा विशेषज्ञ डा. प्रकाशबहादुर थापा, छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईं, जनरल फिजिसियन रजनी केसी र स्मृति श्रेष्ठ, दन्तरोग विशेषज्ञ देवराज न्यौपाने र भिजन आँखा अस्पताल नेपालगन्जको स्वास्थ्यकर्मी टिमले सेवा प्रदान गर्नुभएको थियो। साथै ४६ जना स्वास्थ्यकर्मी र २६ जना स्वयम्सेवकले पनि सेवामा सहयोग पुर्याएका थिए।

कर्मचारी आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले उद्घाटन गर्नुभएको थियो। जिल्ला अध्यक्ष यमबहादुर खत्रीको सभापतित्वमा भएको शिविर उद्घाटन समारोहमा बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेल, सचिव अम्बादत्त भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भने जिल्ला उपाध्यक्ष द्रोणराज शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो।

‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने सरकारको नारालाई ध्यानमा राख्दै जनताप्रति सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न र कर्मचारी तथा जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै घरदैलोमा सेवा पुर्याउने वर्तमान संविधानको मर्मअनुरुप शिविर सञ्चालन गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष यमबहादुर खत्रीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्