२६ किलो चरेशसहित एक पक्राउ



गुल्मी, (नेस)।

गुल्मीमा चरेससहित १ जना पक्राउ परेका छन्। जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ फेदीमा ३३ वर्षीय बालाराम पुन २६ किलो चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो।

प्यूठान जिल्ला गौमुखी गाउँपालिका–३ रजवारा घर भएका पुनलाई प्रदेश–५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। प्यूठानबाट गुल्मीतर्फ ल्याउने क्रममा विशेष सुराकीका आधारमा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पक्राउ परेका पुनलाई लागूऔषध ओसारपसारसम्बन्धी मुद्दा दर्ता भएको नायब उपरीक्षक घलेले बताउनुभयो। पुनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्