आधुनिक सिमी खेतीले बजार लिँदै



वीरबहादुर बम, मुगु।

छायाँनाथ रारा नगरपालिका–११ रोवा गाउँमा आधुनिक सिमी खेतीमा किसानको आकर्षण बढ्दो क्रममा छ। अहिले रोवा गाउँका प्रत्येक घरमा आधुनिक सिमी खेती गर्ने गरिन्छ। विगतमा गरिने सिमी खेतीले खासै फल नदिएपछि किसान आधुनिक सिमी खेतीतर्फ लागेका छन्।

आजभोलि किसानले सिमी खेती प्रविधिका बारेमा जानकारी पाएसँगै सिमी रोप्नेदेखि गोडमेल तथा लहराको व्यवस्थापनमा ध्यान दिई खेती गरिरहेका र आम्दानी पनि राम्रै भएको छ।’

परम्परागतरूपमा गरिने सिमी खेतीले भन्दा आधुनिक सिमी खेतीले फाइदा दिएपछि यसको खेतीतर्फ लागेको रोवा गाउँका किसान बताउँछन्।पाँच वर्षदेखि छायाँनाथ रारा नगरपालिका–११ रोवामा गैरसरकारी संस्था नारी उत्थान तथा सचेतना केन्द्र एनएमए हेल्भटास लागू भई किसानलाई आधुनिक सिमी खेतीका बारेमा तालिम र आधुनिक सिमी खेती प्रविधिका बारेमा सिकाएसँगै किसानहरू आधुनिक सिमी खेतीतर्फ लागेका छन्।

परम्परागत सिमी खेती गरिन्थ्यो तर उत्पादन भने खासै नहुने गरेको किसानसिंह बुढाले बताउनुभयो। उहाँ भन्नुहुन्छ– ‘सिमी लगाउने बेला जथाभावी विषादी छर्किने र गोडमेलमा ध्यान नदिनाले सिमी उत्पादन पनि सोचेजस्तो नहुने समस्या थियो।

आजभोलि किसानले सिमी खेती प्रविधिका बारेमा जानकारी पाएसँगै सिमी रोप्नेदेखि गोडमेल तथा लहराको व्यवस्थापनमा ध्यान दिई खेती गरिरहेका र आम्दानी पनि राम्रै भएको छ।’शुरूमा नारी उत्थान तथा सचेतना केन्द्र एनएमए हेल्भटासले एक केजी आधुनिक सिमी दिइएको थियो।

त्यसैको बिऊबाटै अहिले प्रत्येक घरमा चार÷पाँच क्विन्टल सिमी उत्पादन गर्न सफल भएको अर्की किसान राजकली बुढाले बताउनुभयो। सिमी उत्पादन पनि राम्रो भइरहेको छ। वर्षभरि दालको रूपमा सिमी पनि खाइरहेका छौं।

बाँकी सिमी कोसेली घरले संकलन गरेर पैसा पनि आएकै छ। पैसाले अन्य खर्चका लागि सहज पनि भएको बुढाको भनाइ छ।पोषण स्थितिमा सुधार ल्याउन र रैथाने बालीको संरक्षण गर्न भन्दै नारी उत्थान तथा सचेतना केन्द एनएमए हेल्भटासको सहयोगमा छायाँनाथ रारा नगरपालिका–११ मा किसानलाई आधुनिक सिमी खेती, तरकारी खेती तथा दाँते ओखरका बिरुवासमेत वितरण गरेको नारी उत्थान तथा सचेतना केन्द्र मुगुका अध्यक्ष चेतना शाहीले बताउनुभयो।

पोषण स्थितिको बारेमा र रैथाने बाली संरक्षणका सवालमा नारी उत्थानले काम गर्दै आएको बताउँदै अध्यक्ष शाहीले किसानलाई आधुनिक प्रविधिको सिमी खेतीका बारेमा तालिम, खेती प्रविधि र औजार उपकरण सहयोग गरेका र सिमी पनि किसानले राम्रै उत्पदान गरेका बताउनुभयो।

नारी उत्थान तथा सचेतना केन्द्र मुगु, एनएमए हेल्भटास, ॐ सत्य साईराम र छायानाथ रारा नगरपालिकाको सहयोगमा छायाँनाथ रारा नगरपालिकाभित्र पोषण स्थितिमा सुधार ल्याउन विद्यालय पोषण बगंैचा कार्यक्रम, एक घर एक करेसाबारीलगायत आधुनिक प्रविधिको सीप विकास तालिम दिने र रैथाने बाली संरक्षण गर्नेजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुले जनाएको छ। नारी उत्थान सचेतना केन्द्रभित्रै एक कोसेली घर छ।

जसले रैथाने बाली संकलन र बजारीकरण पनि गर्दै आएको छ।रोवा गाउँका किसानका पनि सिमी बिक्रीका लागि कोसेली घरले बजारीकरण गर्दै आएको छ। आपूmलाई वर्ष भरी खाने सिमी राखी बचेको र बिक्री गर्ने सिमी किसाहरूले कोसेली घरमा ल्याउने र बजारीकरण गर्ने हातमै पैसा पनि पाउने गरेका अध्यक्ष शाहीको भनाइ छ।

रोवा गाउँका किसानलाई एक घर एक करेसाबारीअन्तर्गत घरघरमा ग्रिन हाउस, पाइप औजार उपकरण दिएपछि नियमित तरकारी खानेबानीको पनि विकास भएको स्थानीयको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्