२६ किलो चरेससहित पक्राउ



प्यूठान, (नेस)।

प्यूठान र गुल्मीको सीमानाबाट २६ किलो लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन्। प्यूठानको गौमुखी गाउँपालिका–३ रजवाराका बलराम पुन चरेससहित प्रक्राउ परेका छन्। बुधबार र बिहान प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुर ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरिएको हो।

चरेस ओसारपसार गरिरहेको अवस्थामा उनलाई गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ गुल्मीबाट प्रक्राउ गरिएको प्रहरीले बताएको हो। विशेष सुराकीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिनुभयो।

‘बोरामा चरेस बोकेर हिँडिरहेको अवस्थामा पुनलाई प्रक्राउ गरेका हौं,’ क्षेत्रीले भन्नुभयो– ‘पक्राउ परेका पुनलाई गुल्मी प्रहरीको जिम्मा लगाइएको छ।’ अन्य तीनजना फरार भएका छन्। उनीहरूको पनि खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ। अग्लुङ प्यूठान र गुल्मीको सीमानामा पर्दछ। रजवाराका स्थानीय अग्लुङहुँदै जानुपर्दछ।

प्रतिक्रिया दिनुहोस्