कांगे्रस नेताबीच सार्वजनिकस्थलमै कुटाकुट



वीरगन्ज, (नेस)।

पर्सामा नेपाली कांग्रेसका दुई नेताबीच वीरगन्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ।कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पठाइएको छ।

प्रदेशसभा सदस्यसमेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगन्ज नगरसभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो। बुधबार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालीगलौज गर्दै आएका थिए।

चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन्। दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरूले छुट्याएका थिए।

वीरगन्ज उधोग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकार गर्नुभएको छ। आफूलाई गाली गरेपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगरसभापति भोला कलवारको भनाइ छ।

कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन्। उनीहरूबीचको कुटाकुटको कारणबारे नेताहरूले अनभिज्ञता प्रकट गरेका छन्। कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन्।

यद्यपि उनीहरूका बीचमा लामो समयदेखि मनमुटाव रहँदै आएको नेकपा नेताहरूले बताएका छन्। शर्मा उधोग क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् भने साह व्यवसायी हुन्।

उनी वीरगन्जमा कालो धन आर्जन गर्ने व्यवसायीको रूपमा रहेको र आफ्नो कालो धन लुकाउनका लागि कांग्रेस भएको कांग्रेसी नेताले बताएका छन्। शर्माले साहलाई तस्कर र साहले पनि शर्मालाई कालोबजारी भनेपनि झगडा उत्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्