रगतदिँदै बिरामी बचाउँदै सेना



दयाराम पण्डित, बाजुरा।

बूढीनन्दानगरपालिका–१० निवासी १४ वर्षीया तारा थापा सोमबार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन्।

सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्तस्रावले छट्पटाई रहेकी छन् ‘सर तपाईसँग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न’ हत्तपत्त मैले ब्लड गुु्रप मिल्ले स्टाफ छनौट गरें।

ब्लडग्रुुप मिल्ले सिपाही अहिमानसिं नेपालीले र अमल्दार रेकम विसीले एक/एक पिन्ट ब्लड दिएर आए। फेरी फोन आयो हिमाली गाउँपालिका–३ की धनकला गुरुङ अत्यधिक रक्तस्रावले छट्पटाएकी छिन्, ब्लड ग्रुुपमिल्ने भए सहयोग गर्नुपर्यो।

समरजित गुल्मबाट हुद्दा सुकमान घलानले एक पिन्ट ब्लड दिएर आए। फेरी फोन आयो समरजित गुल्मका सहायक पण्डित हुद्दा तिलकराम पँगेनीले एक पिन्ट ब्लड दिए।

दुुई दिनमा चार सैनिकले रक्तदान गरेका छन्, सायद दुुबै विरामीको ज्यान बच्न सक्छ, समरजित गुल्मका गुल्मपति रबिन श्रेष्ठले भन्नुभयो।

केहीदिन अगाडि बुढिनन्दा नगरपािलका वडानं. ३ की तीस वर्र्षीया जावा दमाईलाई गुल्मपति श्रेष्ठ स्वयंले ‘ए’ पोजेटिभ समूहको रक्तदान गरी उनको ज्यान बचाएका थिए।

‘गत साउनदेखि आजसम्म ६ जना ब्लड कमी भएका विरामीलाई आर्मीको रक्तदान सहयोगबाट विरामीलाई सहयोग गर्न पाईयो खुशी छु गुल्मपति श्रेष्ठले भन्नुभयो।

सामान्यतया बाजुराका सर्वसाधारणभने ब्लड डोनेशन गर्न मान्दा रहेनछन्। ब्लड चाहिएपछि नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई गुहार्छन्।मानवीय दृष्टीले सहयोग गरिहेका छौं गुल्मपतिश्रेष्ठलेजानकारी दिनुभयो।

बाजुरामा विशेष गरी रक्त अल्पता, ब्लड क्यान्सर, घाउ चोटपटक, गर्वा अवस्थामा अत्यधिक रक्तस्राव, महिनावारीमा बढी रक्तस्र्रावका विरामी आउँछन्।

तर सर्वसाधारणलाई रक्तदान गर्नुपर्छ भन्ने जानकारी छैन जिल्ला अस्पाताल बाजुराका डाक्टर रोहित गिरीले भन्नुभयो। समामान्यतया ९० देखि १२० दिनसम्म राता रक्तकोषको आयुहुन्छ।

त्यसपछि रगत दिए पनि नदिए पनि राता रक्तकोष मरेर जाने भएकाले रगतदान गर्नु रक्तदान गर्ने व्यक्तिकालागि समेत स्वस्थकर हुने कुरा डाक्टर रोहितले भन्नुुभयो।

गत साउनदेखि हालसम्म २५ पिन्ट भन्दा बढी तत्काल रगत संकलन गरेर विरामीको ज्यान बचाएको नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा बाजुराका ल्याब असिष्टेन्ट जगतबहादुर शाहीले भन्नुभयो।

हामीसँग ब्लड बैंक छैन। मान्छे बोलाएर रगत गुरुपिङ र म्याचिङगर्दा कम्तीमा एक घण्टा लाग्छ। सामाजिक विकास मन्त्रालयले एउटा फ्रिज उपलब्ध गराएको छ। त्यो पनि ईन्सटल गर्ने प्राविधि आएर प्रयोग विहिन छ।

फ्रिज जडान भए कम्तीमा ३५ दिन सम्म ब्लड राख्न सकिन्थ्यो अशिष्टेन्ट शाहीले भन्नुभयो।नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखामा ब्लड बैंकको उपयुक्त व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा आईरहने यस्ता विरामीको ज्यान बचाउनका लागि नेपाली सेनाको हालसम्म प्रयाप्त सहयोग रहेको कुरा जिल्ला अस्पताल बाजृुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्