जाजरकोटमा फार्मेसी पढाइ शुरु, स्थानीय खुसी



बासुदेव शर्मा, जाजरकोट।

प्राविधिक शिक्षालय नभएको दुर्गम जिल्ला जाजरकोटमा स्वास्थ्य सम्बन्धी फार्मेसीतर्फको पठनपाठन शुरू भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला सदरमुकाम खलंगामा जाजरकोट स्कुल अफ हेल्थ साइन्स एण्ड एलाइडमार्फत फार्मेसीको पढाई शुरू गरेको हो।

दुर्गममै डिप्लोमा सम्मको फार्मेसी पढाई हुन् लागेपछि पढ्नकै लागी लाखांै रकम खर्च गरेर पढने विद्यार्थीका लागी जिल्ला बाहिर जानु पर्ने अवस्था हट्ने भएको छ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका जिल्लालाई लक्षित गरीशु«रू भएको पढाई जाजरकोट जिल्ला सदरमुकाम खलंगाको भेरी ज्ञानोदय क्याम्पसको भवनमा पढाई शुरू भएको छ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जाजरकोटमा शुरू भएको फार्मेसीको पढाईले कर्णाली प्रदेशकै स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गर्ने बताउनुभयो।

कर्णाली र सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा पढाई नभएको फार्मेसीको पढाई शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राध्यापक डाक्टर रेशमबहादुर रानाले बताउनुभयो।

तीन वर्षे अध्ययन अवधि रहेको फार्मेसी अन्तर्गत नौ वटा विषयको पठनपाठन हुने प्राध्यापक डाक्टर रानाले बताउनुभयो।प्राध्यापक डाक्टर रानाले मुलुकमा निकै माग रहेको डि. फार्मेसी विषयको कक्षा कर्णाली र सुदूरपश्चिम प्रदेशमा जाजरकोटबाहेक कुनै जिल्लामा सञ्चालन नभएको बताउदै जाजरकोटमा शुरु गरेको कार्यक्रम अन्तर्गत पहिलो वर्ष ४० जना विद्यार्थीको कोटा निर्धारण गरेको बताउनुभयो।

कर्णाली प्रदेशमा मात्र एक हजार नौ सय बयान्ब्बे जना डि. फार्मेसी जनशक्ति आवश्यक रहेको छ। त्रिभुवन माध्यामिक विद्यालय भेरी, ज्ञानोदय क्याम्पस र जिल्ला अस्पतालको जनशक्ति प्रयोग गरेर कक्षा शुरु गरेको छ। डि. फार्मेसी पढाउनको लागी सम्बन्धित विषयमा स्नात्तकोत्तर हुनै पर्ने प्राध्यापक डाक्टर रानाले बताउनुभयो।

कात्तिक महिनादेखि शैक्षिक वर्ष सुरु गरेको कार्यक्रमले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लक्ष्य राखेको स्कुलका संयोजक प्राध्यापक डाक्टर विजय रिजालले बताउन्ुभयो ।

प्रतिक्रिया दिनुहोस्