पत्रकार खड्काको झोला र पर्स फेला



नेपाल समाचारपत्र, डोटी।

गत १४ महिनादेखी बेपत्ता भएका डोटीका पत्रकार तेजबहादुर खड्का(तेजु)को पर्स, झोलालगायतका सामान भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले पत्रकार खड्काको झोला र पर्स भेटिएको खबर आएपछि अहिले उक्त सामान भेटिएको स्थानमा प्रहरी टोली खटिएको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले पत्रकार खड्काको झोला र पर्स भेटिएको खबर आएपछि अहिले उक्त सामान भेटिएको स्थानमा प्रहरी टोली खटिएको बताउनुभयो।

उहाँले भन्नुभयो, –‘खड्काजीको सामान भेटिएको भन्दै हामी कहाँ खबर आएको छ, हामीले उक्त स्थानमा प्रहरी टोली परिचालन गरेका छौँ, टोली पुगेपछि विस्तृत खबर आउने छ।’

डोटीका पत्रकार खड्का गत भदौ १९ गते बाजुराको बुढीनन्दा मेलाको दर्शनमा जाँदा एका–एक बेपत्ताभएका थिए।

प्रहरीका अनुसार लौरी विनायकभन्ने स्थानमा पत्रकार तेजबहादुर खड्काको उक्त सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए। झोला भएको ठाउँमा मानव कँकाल पनि भेटिएकाले उक्त कँकाल खड्काको नै भएको हुनसक्ने स्थानीयको अनुमान छ।

स्थानीयवासीका अनुसार भेटिएको पर्समा तेजु खड्काको परिचयपत्र, लाइसेन्स पनि रहेको र कँकाल अवशेषको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीयसहितको प्रहरीटोली त्यसतर्फ गएको छ।

प्रहरीटोलीले घटना स्थलमा भेटिएको प्रमाणको मुचुल्का तयार गर्ने र कँकालको अध्ययन गर्ने प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो।

पत्रकार खड्का रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा लामो समय काम गरी तत्कालिन अवस्थामा बाजुराको एक एफएममा काम गर्दै आएका थिए।

 

प्रतिक्रिया दिनुहोस्