मेलमिलापकर्ता समाजमा फेरि ढुंगेल



रामेछाप, (नेस)। 

सामुदायिक मेलमिलापकर्ता समाज रामेछापको अध्यक्षमा फेरि हिमाल ढुङ्गेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

सोमबार सदरमुकाम मन्थलीमा भएको समाजको दोस्रो साधारणभा तथा विशेष अधिवेसनले ढुङ्गेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा नयाँ कार्यसमिति चयन भएको समितिका निर्वाचित उपाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो।

नयाँ समितिको उपाध्यक्षमा कुमार श्रेष्ठ, सचिवमा यादवप्रसाद दाहाल, सहसचिवमा निशा न्यौपाने, कोषाध्यक्षमा जोनी खड्का, सदस्यहरूमा क्रमशः पदमकुमारी श्रेष्ठ, रामबहादुर भुजेल, रिता महते, शेरबहादुर खड्का, चण्डेश सुनुवार, चण्डिका सुनुवार, पूर्णबहादुर महत र विन्दाकुमारी लामा चयन भएका छन्।

२०६६ सालमा स्थापना भएको सामुदायिक मेलमिलापकर्ता समाज रामेछापले समुदायमा मेलमिलापमार्फत सभ्य समाज निर्माण गर्न महत्वपूर्ण सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्