घाइतेको उपचारमा प्रवासीको सहयोग



बैतडी, (नेस)। 

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट, भुइसा ओराडका ४२ वर्षीय हरिदत्त भट्टको उपचारमा समस्या भएको छ।

गएको कात्तिक १२ गते घरनजिकै महाकाली राजमार्गमा गम्भीर घाइते अवस्थामा भेट्टिएका भट्टको हाल भारतको अलइन्डिया मेडिकल कलेजमा उपचार भइरहेको छ।

लामो समयसम्म उपचारका लागि अस्पताल बस्नुपर्दा आर्थिक अभाव भएको घाइतेका दाजु कृष्णदत्त भट्टले बताउनुभयो। घरको आर्थिक स्थिति निकै कमजोर रहेकाले उपचार गर्न पैसा नै नभएको उहाँले बताउनुभयो।

इते भट्टको घाँटीभन्दा माथिको भागमा र बाँयातिरको शरीरको भागमा चोट रहेको छ। भट्टको केही दिन सघन उपचार कक्ष (आईसीयू) राखेरसमेत उपचार गरिएको थियो।

गम्भीर घाइते अवस्थामा भेट्टिएका भट्टले मदिरा सेवन गरेको र सडक माथिको भिरबाट लडेको प्रहरीले दाबी गरिरहेको छ।

तर घाइते आफैंले भने चार पाँच जनाको समूहले आफूमाथि कुटपिट गरी भिरबाट खसालेको घाइतेलाई उद्धित गर्दै कृष्ण दत्त भट्टले बताउनुभयो।

यसैबिच घाइतेको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले युवा रिसोर्स सोसाइटी (प्रबास)को पहलमा सहयोग हस्तान्तरण गरिएको छ।

रोजगारीका लागी भारतमा रहेका तथा नेपालमा रहेका दोगडाकेदार ३ श्रीकोटका युवाले १० हजार ५६० रुपियाँ सहयोग गरेका भारतबाट युवा रिसोर्स सोसाइटी (प्रबास)का संयोजक हरिस बिष्टले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्