जनताको घरघरमा पुग्दै मेयर शाही



नेपाल समाचारपत्र, पाल्पा। 

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला थालेको घरदैलो कार्यक्रमजस्तै प्रकृतिको कार्यक्रम पाल्पा जिल्ला सदरमुकाम तानसेनका मेयर अशोककुमार शाहीले पनि शुरू गरेका छन्।

चुनावको बेला पटकपटक जनताको घरदैलोमा पुगेर विभिन्न आश्वासन दिने तर त्यसपछि जनताका समस्यालाई बेवास्ता गर्ने आरोप जनप्रतिनिधिमाथि लागिरहेको बेला तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले यस्तो अभियान अभियान सञ्चालन गरेका हुन्।

जनताको घरघरमा नगरप्रमुख नाम दिइएको यो अभियान तानसेन नगरपालिकाका सबै वडामा रहने र खासगरी ग्रामीण र विपन्न बस्तीमा केन्द्रित रहने नगरपालिकाको भनाइ छ। मेयर शाहीले नागरिकको गुनासो सुन्नका लागि केन्द्रित गरेको यो अभियान तानसेन नगरपालिका–१३ छेर्लुङबाट शुरू भएको छ।

जनताको घरमै पुगेर प्रत्यक्षरूपमा गुनासो सुनेर कार्यान्वयन गर्नका लागि अभियान शुरू गरिएको मेयर शाहीले बताउनुभयो। उहाँले नगरवासीको घरघरमा पुग्नुका साथै वडामा स्थानीयको भेला गरेर उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ। मेयर शाही जनताको घरदैलोमा पुग्दा स्थानीयले गुनासो राखेका छन।

नगरप्रम्ुखसँग स्थानीय बोटे समुदायले नागरिकता नहुँदा एकल र ज्येष्ठ नागरिक भत्ता नपाएको, थ्री फेस लाइन नहुँदा उद्योग सञ्चालनमा समस्या आाएको गुनासो गरे। उनीहरूले व्यवसायिक कृषिको लागि मोटर बाटो, विद्युत लाइन र सहुलियत दरमा ऋणको व्यवस्था गर्न अनुरोध गरेका छन्।

त्यसैगरी स्थानीयले छेर्लुङलाई व्यवसायिक पशुपालनको पकेट क्षेत्र घोषणा गरी सहुलियत दरमा ऋण र तालिमको व्यवस्था गर्न माग राखेका छन।
त्यसैगरी बाँदर आतंकको समस्या, सामुदायिक भवनको व्यवस्था गर्नसमेत स्थानीयको माग र गुनासो गरेका छ। जनताका समस्या र गुनासोपछि नगरप्रमुख शाहीले जनताले उठाएका गुनासाहरूको सम्बोधन हुने बताउनुभयो।

मेयरसँगै जनताको घरमा पुगेका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले नगरपालिकाले नगरका १४ वटै वडामा पुगेर विकास निर्माण तथा जनताका आबाजलाई सुन्ने र सम्बोधन गर्ने कार्यक्रमले जनताले सिंहदरबारको अधिकार घर–घरमै पाएको बताउनुभयो।

कार्यक्रममा नगरकार्यपालिका सदस्य दीपक विश्वकर्मा वडा अध्यक्ष टुकप्रसाद भट्टराई, आर्थिक विकास संघ रेडाका प्रमख कार्यकारी अधिकृत लीलाबहादुर कार्की, नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराई, कार्यपालिका सदस्य कमला भण्डारीलगायतले जनताका समस्या र नगरपालिकाले प्राथमिकता दिनुपर्ने विषयका बारेमा बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्