रसुवाका गाउँमा तितेपातीको तेल उत्पादन सुरु



सरस्वति न्यौपाने, रसुवा ।

करिब ५ लाखको लगानीमा ब्लु बेल इमेन्सल प्रालि ले सञ्चालनमा ल्याएको उत्पादन केन्द्रले रसुवाको ठुलोगाउँमा तितेपातीको तेल उत्पादन सुरु गरेको छ ।

व्यवसायी भिम तामाङका अनुसार बार्षिक ६० केजी तेल उत्पादन गर्ने लक्ष्य बोकी यस वर्ष देखी सुरु गरिएको हो ।गएको वर्ष आमाछोदिङमो गाउँपालिका ३ गत्लाङमा परिक्षण गरिएता पनि असफल भएपछि ठुलो गाउँमा सुरु गरिएको हो ।

यस्तो प्रशंसनिय कामको सुरुवात भएको र आफ्नै जिल्लामा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन सुरु गर्न लागीएकोमा रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले धन्यबाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्