पूजा बोहरामाथि सामूहिक बलात्कार प्रकरणः ८ वर्षपछी न्याय, पुर्नस्थापनाको ग्यारेण्टी



विनोद सिंह विष्ट, बैतडी ।

वि स २०६८ सालमा बैतडीकी बालिका पूजा बोहरामाथी सामूहिक बलात्कार भयो। एसएलसीको परिक्षा दिनको लागी आफ्नो ठुलबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते सामूहिक बलात्कारमा परेकी हुन् ।

पाटन नगरपालिका १ साविकको कैलपाल गाविसवाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन्। १४ बर्षीया पूजा एसएलसीको गेसपेपर किन्नको लागी पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले पूजालाई सामूहिक बलात्कार गरेका थिए ।

पूजालाई सामूहिक बलात्कार गर्ने दुई जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । सर्वोच्चले गरेको फैसलाले पूजाले आफूले ढिलै भएपनि न्याय पाएको बताईन् उनले भनिन्“न्याय पाउछु भन्ने आश मरिसकेको थियो, ढिलै भएनि न्याय पाए ।”

आफू गेसपेपर किन्न गएको याद रहेको र त्यसपछी मलाई के भयो भन्ने थाहै छैन उनले भनिन्“गुमेको होस काठमाडौंमा उपचारपछी आयो ” उनले उक्त घटना सम्झिदै भनिन्“जीवनमा सबै थोक गुमाएको जस्तो लाग्छ ।” जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुसी लागेको पूजा बताउछिन् । उनले भनिन् “न्यायको खुसी साट्न नपाउदै फेरी पुनरावेदनमा जानुपर्यो । ”

६ जना भाई बहिनीमध्ये चौथो सन्तान हुन पूजा । आमाबुवाले घरमै खेतीकिसानी गरेर छोरा छोरीलाई पढाई रहेका थिए । पूजाका बुवा रामसिंहले भने“छोरीलाई पढाईलेखाई गरेर ठुलो मान्छे बनेको हेर्ने धोको थियो, बिचमै यस्तो घटना घ्टयो ।” खेतीकिसानी गरेर जीवनयापन चलाईरहेका पिडितका बुवा रामसिंह पनि ढिलै भएपनि न्याय पाएको बताउनछन् उनले भने“८ बर्षपछी बल्ल न्यायको पाएकोको खुसी छु ।”

पढाईलेखाई गरेर ठुलो मान्छे बन्ने धोको थियो पूजाले भनिन् “पढाई गर्दै गर्दा बिचमै ठुलो घटना घट्यो ।” घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकै बेला बलात्कारको सिकार हुँदा आफैलाई संसारै छोड्छु लाग्थ्यो उनले भनिन् “तर जीवनदेखि हार खाएन लड्दै गए न्याय पाए”
सर्वोच्चले मुद्धा लामोसम्म लम्बिदा पन पूजालाई धेरै समस्या भइरहे । काठमाडौंमा ६ बर्षसम्म रक्षा नेपाल संस्थाले जिम्मेवारी लिएको भएपनि पछी संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको भनाई छ । मलाई उक्त संस्थाले पढाई तथा बासबसाई ब्यवस्था गरेको थियो उनले भनिन् “ पछी केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखेको थियो । ”

पूजा हाल कानुन बिषयमा स्नातक तहको चौथो बर्षमा पढीरहेकी छीन् । गएको दुई बर्षदेखि उक्त संस्थाबाट निस्किएर हस्टिल बस्ने गरेको पूजाले बताईन् । कलेज पठ्दाखेरी पनि आर्थिक अभावमा ७ महिनासम्म फी तिर्न नसकेको स्मरण गर्दै उनले भनिन्“कलेजमा पनि सबैकुरा समस्या भन्नुपथ्र्यो, म यस्तो समस्यावाट यहाँसम्म पुगे भनेर ” दुई बर्षदेखि घरपरिवारले र दाङ तुलसीपुर घर भइ हाल अमेरिकामा बस्दै आएका लिला डांगीले सहयोग गर्दै आएका छन् । समाजमा बस्नै अझै कठिन सामूहिक बलात्कारमा परेकी पूजालाई अझै पनि समाजमा घुलमिल हुन अझै असहज महसुस भएको छ । समाजले आफूमाथि अझै पनि गलत हिसाबले हेर्न गरेको उनले सुनाईन् उनले भनिन्“घरबाहिर निस्कन समेत गाह्रो हुने गरेको छ । ”जान्नेसुन्नेले गाउँघरमा सहयोग गर्ने भएपनि अझै घुलमिल भएर गाउँमा बस्न कठिन छ । गाउँघरका मान्छेलाई बुझाउनुपर्छ उनले भनिन्“ कुरा बुझाउन सक्यो भने विश्वास गर्छन् । ”

सर्वोच्चले दोषीलाई गरेको कैद सजाय र जरिवानाले मात्रै पूर्ण रुपमा न्याय पाएको अनुभुती हुन सकेको छैन् उनले भनिन्“दोषीले पाएको कैद सजाय र जरिवानाले मात्रै मैले न्याय पाँउदिन, समाजमा पुर्नस्थापनाको ग्यारेण्टी हुनुपर्छ।”
कानुनले नै फितलो छ उनले भनिन्“पुर्नस्थापना हुने कुनै ग्यारेण्टी छैन्” बलात्कार पीडितले यो समाजमा कसरी घुलमिल गर्ने र कसरी बाँकी जीवन बिताउने ? भन्ने सोचेर केही गरिदिने हो भने बल्ल न्याय महसुस हुन्थ्यो होला ।

पावर र पहुँचको भर न्याँय पाइन्छ यो देशमा उनले भनिन्“मलाई ८ बर्षसम्म पनि अल्मलायो,सामान्य हिसाबले न्याय मिल्ला भनेर कसैले आश नगरे हुन्छ। ” कानून पीडितलाई न्याय दिने भन्दा पनि दोषीलाई सजाय दिने खालको मात्रै छ । हाम्रो जिम्मेवारी सरकारले लिनुपर्ने हो । हामी पीडितहरू पहिलेको ‘नर्मल’ अवस्थामा फर्किनै सक्दैनौं । त्यसैले अदालतले दोषीलाई सजाय गरिरहँदा पीडितको मुख्य अविभावक राज्य बनिदिनुपर्छ।

बलात्कार भएपछि घरपरिवार सबै छोड्नुपर्छ, गाउँसमाजमा फर्किएर पहिलेको अवस्थामा पुग्नै नसकिने संरचना छ । अदालतले न्यान दिन ढिलाई गरेको गुनासो गर्दै उनले भनिन्“न्याय दिने कुरा त छिटो दिनुपर्छ, न्यायमा राजनिति हुनुहुदैंन् ।”काठमाडौंस्थित चक्रवती कानुन कलेजमा स्नातक चौथो बर्षमा अध्ययन पूजाको न्यायालयमा जागिर खाने उद्देश्य छ । कानुनको पढाइ सकेर वकिल बन्छु उनले भनिन्“हिंसामा परेका महिलालाई न्याय दिलाउने पदमा पुग्छु”उनले थपिन्“जीवनमा जसरी भएपनि न्यायधिस बनेर छोड्छु ।”

महिलाहरु अझै पनि चुलो चौकोमै सिमित छन् सबै कुरामा महिलाको पहुँच छैन् उनले भनिन्“महिलाको पनि हरेक कुरामा पहँुच र हिस्सा हुनुपर्छ ।” देशमा बलात्कारजस्ता जघन्य घटना भइरहेका बेला पिडित पक्षले मैले जस्तै आठ आठ बर्षसम्म न्यायका लागी आँशु बगाएर बस्नु नपरोस उनले थपिन् ।“अपराधीलाई हदैंसम्म सजायको कानुन बन्नुपर्छ ।”

घटना र ८ बर्षसम्म यसरी लम्बियो केस

०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा गएका बेला लागूपदार्थ मिसावट गरी खुवाएर बेहोस बनाइ बलात्कार गरियो । बलात्कृत भएकी बोहोरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन्। अभियोगमा भट्ट र अवस्थीविरुद्ध उजुरी परेको थियो।
घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर प्रहरीले लिएन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ र्गयो र मुद्दा चलाएको थियोे । बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा परेको थियो ।
बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो। त्यसपछि प्रहरीले पूजाको बलात्कारमा संलग्न २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।

पीडितको उपचार, मेडिकल रिपोर्ट र घटना प्रकृती मुचुल्का प्रतिवेदनबाट उनीमाथि बलात्कार भएको तथ्य खुलेको थियो। विक्रम संवत् २०६९ फागुन २२ गते दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०÷५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको सुनाएको थियो ।

बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । तर त्यस फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ । पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गर्नुभएको थियो ।

सर्वोच्च अदालतले बिहीबार तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्ट्याउँदै जिल्ला अदालत बैतडीको फैसलालाई सदर गरेको हो। यसअघि जिल्ला अदालत बैतडीका न्यायाधीश हिमाल पाठकको इजलासले बलात्कारमा संलग्न बैतडीका सागर भट्ट र अमर अवस्थीलाई जनही ५० हजार जरिवाना र १३ वर्षको कैद सजाय सुनाएको थियो। तर मुद्दाको पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीहरु नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले भट्ट र अवस्थीलाई सफाई दिएपछि पीडित पक्षले सर्वोच्च अदालत गुहारेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो । उक्त मुद्दाको कात्तिक ७ गते बिहीवार सुनुवाई भएको हो। सर्वोच्च अदालतले यसअघि जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको हो । सर्वोच्च अदालतमा ६ वर्षदेखि पुनरावेदनका रुपमा अल्झिएको मुद्दाको अन्तिम फैसला गर्दै यस्तो सजाय सुनाइएको हो। उनीहरुको सजाय भने अर्को सुनुवाइमा सर्वोच्चले तोक्नेछ । नयाँ फौजदारी संहिताअनुसार उनीहरुलाई दोषी ठहर गर्ने फैसला सर्वोच्चले सुनाएको हो। नयाँ फौजदारी कार्य्विधिअनुसार दोषी ठहर र सजाय निर्धारण एकैपटक गर्न नहुने प्रावधानअनुसार भट्ट र अवस्थीलाई दोषी ठहर गरेको हो।

प्रतिक्रिया दिनुहोस्