नेकपा रामेछापको चियापान सम्पन्न



नेपाल समाचारपत्र, रामेछाप।

नेकपा रामेछापले वडा दशैं, दिपावली तथा नेपाल सम्बत् ११४० को अवसरमा बुधबार चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा नेकपा प्रदेश तहका नेता, जिल्ला तहका नेता तथा कार्यकर्ता गरी १ हजार बढीको सहभागिता रहेको थियो।

त्यस्तै चियापानमा जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकापसमा शुभकामना आदानप्रदान गरेका थिए।

नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानको अध्यक्षता, नेकपा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यता, तीन नम्बर प्रदेशका अर्थमन्त्री एवं रामेछाप पार्टी सहइन्चार्ज कैलाशप्रसाद ढुङ्गेल र केन्द्रीय सदस्य युवराज चौलागाईंको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

 

प्रतिक्रिया दिनुहोस्