गाउँ आएकाहरू शहर फर्किन थाले



नेपाल समाचारपत्र, गुल्मी।दशैं मनाउन आफ्नो घर तथा आफन्तकहाँ आएका मानिस फर्किन थालेका छन्। गुल्मी जिल्लाबाट विभिन्न स्थानमा आफ्नो पेसा व्यवसाय एवं रोजगारी गर्नका लागि बाहिर गएका मानिसदशैं मनाउन आफ्नो घर तथा आफन्तकहाँ आएका थिए।

लामो समयसम्म देश तथा प्रदेशमा रहेकाहरू सकेसम्म दशैं मनाउन आउने गर्नाले अरू पर्वमा भन्दा चहलपहल हुने गर्दछ।
सदरमुकाम तम्घासबाट छुट्ने सवारी साधनमा बाहिर जानेहरूको भीडभाड बढेको छ। दशैं मनाउन सदरमुकामबाट आफ्नो घर तथा गाउँमा जाने मानिसको पुनरागमनले सुनसान बनेको जिल्लाको सदरमुकाम तम्घास बजारमा चहल–पहल शुरू भएको छ।
काम विशेषले शहर र रोजगारीको लागि विदेशीएकाहरू दशैंका लागि गाउँ फर्किएकाले सुनसान बनेका ग्रामीण बस्तीमा चहलपहल थियो। लामो समयसम्म देश तथा प्रदेशमा रहेकाहरू सकेसम्म दशैं मनाउन आउने गर्नाले अरू पर्वमा भन्दा चहलपहल हुने गर्दछ।

वडादशैंमा सकेसम्म परिवारका सबै सदस्य एकैठाउँमा जम्मा भएर मनाउनुपर्छ भन्ने मान्यताले पनि परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भएर मनाउने गर्दछन्।

विशेष गरी रोजगारी र व्यवसाय गर्नेलाई दशैं सकिएपछि घरगाउँबाट शहरका कार्यस्थलमा फर्किने हतार छ। दशैं मान्न आफ्नो घरमा जेनतेन आएका लाई फर्किने क्रममा सवारी साधनमा सिट पाउनसमेत समस्या हुने गरेको यात्रुहरूको गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्