पारिश्रमिक नपाउँदा मजदुरको दशैं खल्लो



बैतडी, (नेस)।गएको ३ महिनादेखि सडक मजदुरले पारिश्रमिक नपाउँदा समस्यामा परेका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा काम गर्ने अस्थायी मजदुरले तलब नपाएका हुन्।

पारिश्रमिक नपाउँदा दशैंसमेत खल्लो भएको उनीहरूले बताएका छन्। विगत ८ वर्षदेखि काम गर्दै आएका १६ जना अस्थायी कामदारले गत असारअघि सडक डिभिजन कार्यालय मातहत रहेर काम गर्दै आएको र असारपछि पूर्वाधार विकास कार्यालयको मातहतमा आई काम गरिरहेको अवस्थामा तलबभत्ता नपाएको गुनासो गरेका छन्।
आफूहरूले पूर्वाधार विकास कार्यालय मातहत रहेर काम गर्न थालेदेखि तलब–भत्ता नपाएको मेलौली–२ का घनश्याम भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तलबभत्ता नपाउँदा घरखर्च चलाउन भएको छ।’

प्रतिक्रिया दिनुहोस्