८८ जना दाताबाट ३६ लाख रुपियाँ संकलन



नेपाल समाचारपत्र, म्याग्दी।जिल्लाको बेनी नगरपालिका–५ पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रामप्रसाद सुवेदीको अध्यक्षतामा १९ सदस्यीय अक्षयकोषको नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अक्षयकोषको उपाध्यक्षमा नरबहादुर विक, सचिवमा शिव बानियाँ, कोषाध्यक्षमा गजेन्द्र श्रेष्ठ, सहसचिवमा श्यामप्रसाद श्रेष्ठ, महिला सहसचिवमा यामकुमारी पाइजा पुन र सहकोषाध्यक्षमा यामकुमारी श्रेष्ठ चयन भएका छन्।

यसैगरी कार्यसमिति सदस्यहरूमा लक्ष्मण बानियाँ, देवीदत्त पौडेल, कमलप्रसाद पौडेल, बलराम बानियाँ, कृष्णबहादुर बानियाँ, खड्गप्रसाद श्रेष्ठ, रीता दर्जी, भगवती पौडेल, वेदनाथ सुवेदी, तेजप्रकाश बानियाँ, सन्तोष सुवेदी र बबी केसी रहेका छन्।

अधिवेशनको बन्द सत्रले अध्यक्ष रामप्रसाद सुवेदीले पेस गरेको संस्थागत, सचिव शिव बानियाँको प्रगति र कोषाध्यक्ष गजेन्द्र श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ।नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक एवं अक्षयकोषका सल्लाहकार हेमराज शर्माले शपथग्रहण गराउनुभएको थियो।

गाउँमै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना गरिएको अक्षयकोषमा ६ महिनाको अवधिमा हालसम्म ८८ जना व्यक्तिबाट ३६ लाख रुपियाँ रकम जम्मा भइसकेको विद्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्