युवती मृत फेला


पर्वत, (नेस) । एक महिनाअघि बागलुङमा बिहे गरेकी युवती कालीगण्डकी नदी किनारमा मृत फेला परेकी छन्। बागलुङ नगरपालिका–३ मा विवाहित १८ वर्षीया विजु जिसी मंगलबार दिउँसो कालीगण्डकी नदी किनारमा मृत फेला परेकी हुन।

पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा पर्ने कालीगण्डकी किनारमा माछा मार्न गएका स्थानीयले जिसीलाई मृत अवस्थामा फेला पारेका थिए। जिसी असोज १७ गतेदेखि हराउनुभएको थियो।

पर्वत जिल्लाको जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी जिसीले गएको भदौमा बागलुङ नगरपालिकाको गुठी निवासी असिम खड्कासँग प्रेम विवाह गर्नुभएको थियो। विवाहपछि परिवारले अस्वीकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिँडेको भनेर मृतकका माइती पक्षले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिएका थिए।

मृतक जिसीको शव पोस्टर्माटमका लागि पर्वत जिल्ला अस्पताल कुस्मामा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।