अमेरिका गएका वडाध्यक्षको राजीनामा आयो



नेपाल समाचारपत्र, हेटौंडा।अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा परेर भाग्यमानी बन्दै गाउँपालिकाका वडाध्यक्ष अमेरिका पुगे पनि उक्त वडाका बासिन्दा भने अभागी देखिएका छन्। राजीनामापछि पनि स्थानीयले पुनः मताधिकार प्रयोग गर्न पाउने अवस्था हाललाई देखिएन।

‘पारिवारिक व्यवस्थापनका लागि’ भन्दै अमेरिका पुगेका मकवानपुरको भीमफेदी गाउँपालिका–८ का जननिर्वाचित अध्यक्ष जगत्मान घिसिङको राजीनामापत्र गाउँपालिका कार्यालयमा आइपुगे पनि अब उक्त क्षेत्रमा उपनिर्वाचन हुने सम्भावना प्रायः टरेको छ।

व्यापक जन–दवावपछि वडाध्यक्ष घिसिङले अमेरिकाबाट करिब ७ महिनापछि आफ्नो राजीनामापत्र गाउँपालिका कार्यालयमा पठाउनुभएको हो। उहाँले समयमै राजीनामापत्र नपठाउँदा उक्त क्षेत्रमा वडा अध्यक्षको पद नै रिक्त हुने अवस्थामा पुगेको छ।

आगामी मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन आउन बुधबारबाट ४६ दिनमात्र बाँकी छ। निर्वाचन आयोगका लागि १ सय २० दिन तयारीमा लाग्ने गरेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताउनुभयो।

उक्त वडाको उपनिर्वाचन गर्न अब मन्त्रिपरिषद् बैठकको निर्णयले मात्र सम्भव देखिएको छ भने मन्त्रिपरिषद्ले निर्णय नगरे वा ढिलो गरेमा वडाको उपनिर्वाचन हुन प्रायः असम्भव देखिएको छ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडाध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीय विकास निर्माणलगायत काम–कारबाहीमा प्रत्यक्ष प्रभाव परेको स्थानीयको आरोप छअमेरिका गएका वडाध्यक्षको राजीनामा आयोराजीनामापत्रमा वडाध्यक्ष घिसिङले आफूलाई उच्च विश्वासका साथ मत दिएर विजयी गराउने मतदाता, सहकर्मी, कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्