टीभीएसको डाउनलोड एन्ड विन चाडपर्व योजना



जगदम्बा मोटर्स प्रालि नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनले म्यासेन्जिङ एपलिकेसन भाइवरमार्फत डाउनलोड एन्ड विन चाडपर्व योजना ल्याएको छ। यो प्रतियोगितामा सहभागिता जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्र्दछ।

साथै विजेता लक्की ड्र मार्फत चयन गरिनेछ। प्रतियोगितामा एक जना विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन्। यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ।

यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासिक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासिक स्कुटर हो। टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरूलाई सहजता सुनिश्चित गर्दछ।

जगदम्बा मोटर्स प्रालिका एमडी शाहिल अग्रवालले भन्नुभयो–‘हामी सदैव हाम्रा ग्राहकलाई अतिरिक्त लाभ प्रदान गर्न नवीनतम् योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ। हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरू प्राप्त गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्