दिगो विकास लक्षको चौंथो वार्षिकोत्सव



बर्दिया, (नेस)। बर्दियामा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिले दिगो विकास लक्ष हाँसिल गर्नका लागि आवश्यक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दिगो विकास लक्षको चौंथो वार्षिकोत्सवको सन्दर्भमा गुलरियामा आयोजित सरकारी तथा गैरसरकारी संस्थाबीचको अन्र्तरक्रिया कार्यक्रममा ती संघसस्थाका प्रतिनिधीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बर्दियाको आयोजना तथा थारु महिला उत्थान केन्द्र, सामुदायिक विकास संस्था र ओरेकको सह–आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा गैसस महासंघका जिल्ला अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले दिगो विकास लक्षको अवधारणा र महत्वको विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य प्रिज्मा सिंह थारु, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख गोकर्ण गिरी, स्वास्थ्यका लागि सक्षम प्रणालीका विष्णु देवकोटा, विकासको लागि प्रयास संस्थाका मिथिला फुँयाल, सुनौलो महिला विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्दिरा सुवेदी, दलित महिला संघका हिमा सुनार, ओरेक नेपालका शर्मिला निरौला तथा शिवा शर्माले आ–आफ्नो धारणा व्यक्र्त गर्नुभएको थियो।

कार्यक्रममा सहभागीलाई स्वागत ओरेक नेपालका संयोजक शर्मिला निरौलाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सामुदायिक विकास संस्थाका मानवीर विश्वकर्माले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्