बाढीका कारण दुई बालिका सम्पर्कविहीन,



प्रताप बानियाँ, म्याग्दी।शनिबार राति परेको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको कोटखोलामा आएको बाढीका कारण दुई बालिका सम्पर्कविहीन भएका छन्।

बेनपा–२, बगरफाँट बस्ने पार्वती परियारकी छोरी प्रविना परियार र सोही ठाउँ बस्ने अनिता परियारकी छोरी अनुस्का परियार सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बाढीका कारण बगरफाँटका रेशम जुग्जाली र विष्णु परियारको एकतले टिनले छाएको तथा ब्लकले बारेको दुईकोठे घर भत्केको प्रहरीले जानकारी दिएको छ।

खोलामा आएको बाढीले मानव बस्तीमा पसेर क्षति पुर्याउन थालेपछि भागदौड हुने क्रममा दुई बालबालिका सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। सम्पर्कविहीन बालिकाको खोजी भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्