दुईको मृत्यु



वीरगन्ज, (नेस)। वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आइतबार बिहान एक युवकको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ माधव रामको मृत्यु भएको हो।

बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागी गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो।

मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।यसैबीच पर्सामा करेन्ट लागेर एकजना महिलाको ज्यान गएको छ। पर्सा प्रहरीका अनुसार वीरगन्ज १२ मुर्लीमा डेरा गरी बस्दै आएका पर्साको छिपरहरमाइ गाउँपालिकाको वडा नम्बर २ का बृजेश साहकी अनिता देवी आफ्नै कोठामा पंखा चलाउने क्रममा अचानक करेन्ट लाग्दा उनी बेहोस भएको र उनको उपचारका क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्