सार्वजनिक मञ्च नहुँदा कार्यक्रम गर्न अप्ठ्यारो



वासुदेव शर्मा,जाजरकोट।जाजरकोट सदरमुकाम खलंगामा सार्वजनिक मञ्च नहुँदा कार्यक्रम गर्न समस्या हुने गरेका छ।
साविकको जिल्ला विकास समितिले निर्माण गरेको सार्वजनिक मञ्चको केहीभाग भत्काएर सडक निर्माण गरिएको छ।

जाजरकोट पाँचकाटिया हँुदै जुम्ला सडक सार्वजनिक मञ्चको अगाडिबाट लिएपछि यस्तो समस्या आएको हो।
पञ्चायती शासन कालदेखि जिल्ला सदमुकाममा हुने सार्वजनिक कार्यक्रम गैरीखालीमा हुने भएकोले उक्त ठाउँमा भेरी प्राथमिक विद्यालय भएकाले विद्यालयलाई रानागाउँमा स्थापना गरी सार्वजनिक मञ्च निर्माण गरिएको थियो।

सार्वजनिक मञ्चको भवन निर्माण गरेको जग्गा भेरी प्राथमिक विद्यालयको नाममा भएको र दायाँ साइडको जग्गा बाल मन्दिरको नाममा रहेकाले दुईवटै संस्थालाई स्थानान्तरण गरी सार्वजनिक मञ्च निर्माण गरिएको थियो।

उक्त ठाउँमा सार्वजनिक कार्यक्रम गर्दा विद्यार्थीलाई पठनपाठनमा समस्या पर्ने भएकोले सार्वजनिक मञ्च निर्माणको लागि भेरी प्राथमिक विद्यालयलाई रानागाउँ स्थानान्तरण गरिएको थियो।

सार्वजनिक मञ्चको निर्माण गर्न साविकको जिल्ला समन्वय समितिले भवन निर्माणको लागि बजेट विनियोजन गरेर भवन लगाएत मञ्च निर्माण गरेको भेरी नगरपालिका–४ का वडा अध्यक्ष खम्बजंग शाहले बताउनु भयो।

जाजरकोट पाँचकाटिया, जाजरकोट जुम्ला सडक खन्दा यस्तो समस्या आएको सार्वजनिक मञ्चका लागि सोच्न सरोकारवाला निकायलाई भेरी नगरपालिका २ का इत्तबहादुर रोकायले बताउनु भयो।

केहि वर्षअघि जाजरकोट खलंगामा सार्वजनिक कार्यक्रम गर्दा गैरीखालीमा गरिन्थ्यो अहिले कार्यक्रम गर्दा उपयुक्त स्थान नभएकोले पठनपाठन बन्द गरी त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गणमा गर्ने गरिएको छ।

विद्यालयमा कार्यक्रम गर्दा विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ। उता विद्यार्थीको पठनपाठनसमेत अवरुद्ध हुने गरेको छ, अहिले सार्वजनिक कार्यक्रम गर्न त्रिभुवन माध्यामिक विद्यालयबाहेक अन्य वैकल्पिक स्थान छैन।

जाजरकोट पाँचकाटिया सडकलाई उपयुक्त स्थानको पहिचान गरी हुन्छ अथवा अर्को स्थानमा सार्वजनिक मञ्च निर्माण गरेर हुन्छ जुनसुकै तरिकाले पनि सार्वजनिक मञ्च निर्माणका लागि सरोकारवाला निकायले पहल गर्न स्थानीयको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्