‘जिनियस’ ब्रान्डको विद्युतीय बाइक नाडा शोमा



नेपाल समाचारपत्र, काठमाडांै।नाडा अटोशोमा नेपाल पहिलोपटक भित्रिएको ‘जिनियस’ ब्रान्डको विद्युतीय बाइकप्रति अवलोकनकर्ताको आकर्षण रहेको पाइएको छ।
चिनियाँ ब्रान्ड जिनियसका बाइक मूल्य सस्तो र सञ्चालन खर्च पनि सस्तो हुनुका साथै पावरफूल इन्जिनसहित आएका यी बाइक एक पटक चार्ज भएपछि २ सय किलोमिटरसम्म कुद्न सक्छ।

शहरमा बढ्दो वातावरणीय प्रदुषणलाई पनि घटाउन यसले मद्दत गर्ने कम्पनीका सञ्चालक सञ्जीव शिल्पकार बताउनुभयो। यी बाइकको मूल्य यसको डिजाइन र बनोटअनुसार अविश्वसनीय नै छ।

पेट्रोल तथा डिजेलबाट चल्ने यस्तै मोडलका बाइकको मूल्य लाखौं भए पनि यसको मूल्य २ लाख ७८ हजारदेखि ३ लाख ७८ हजार रहेको शिल्पकारको भनाइ छ। उहाँका अनुसार यस ब्रान्डका बाइक किनेपछि सर्भिसिङमा कुनै खर्च गर्नुपदैन।

भने सुरुमा तिरिएको मूल्य मासिक रुपमा अन्य बाइकका लागि गरिने खर्च बचाउँदा नै एकदेखि दुई वर्षमै पूर्ति हुन सक्छ। यसका बाइकहरू सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छन् भने स्कुटर ६० देखि ७० किलोमिटर प्रतिघण्टाका दरले दौड्न सक्छन्। इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ८९ हजार देखि १ लाख ९६ हजार रुपियाँसम्म छ।

 

प्रतिक्रिया दिनुहोस्