कहिले बल्ला कुलेखानी–३ को बिजुली ?



नेपाल समाचारपत्र, हेटौंडा ।
करिब ११ वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अन्योलमा छ । असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउ“दा परीक्षण उत्पादन अन्योलमा परेको हो ।

वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट घण्टा विद्युुत् उत्पादन गर्ने क्षमता रहेको आयोजनाको काम सन् २०१२ मा सम्पन्न गर्ने लक्ष्यसाथ सन् २००८ अप्रिल २७ देखि निर्माण शुरु भएको थियो ।

मकवानपुरको हेटौंडानजिक भीमफेदी गाउ“पालिका–१, सानुटारमा आयोजना निर्माणाधीन छ । मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानीखोलाको थप पानी प्रयोग गर्ने छ ।
कुलेखानी तेस्रो, कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । उक्त आयोजना नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजना हो ।

आयोजना प्रमुख सुवास मिश्रका अनुसार असार दोस्रो साता कुलेखानी तेस्रोको विद्युत् गृहमा जडान गरिएका उपकरणको पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भए पनि अन्तिम परीक्षणका लागि आवश्यक प्राविधिक समयमै नआउ“दा तोकिएको समयमा उत्पादन परीक्षण शुरु गर्न नसकिएको हो ।

उहा“का अनुसार एउटा टावरको २० प्रतिशत काममात्र बाँकी छ । आयोजनाको सिभिल र मेकानिकलतर्फ काम अन्तिम चरणमा पुगे पनि परीक्षण उत्पादन शुरु नहु“दा समस्या भएको उहा“को गुनासो छ ।

आयोजनाको निर्माण सम्पन्नका लागि आग्रह गरिए पनि ठेक्का पाएको कम्पनी गम्भीर नहु“दा समस्या भएको आयोजना प्रमुख मिश्रको भनाइ छ । आयोजना प्रमुख मिश्रले उत्पादनस“गै राष्ट्रिय प्रसारणमा जोड्न एउटा टावर निर्माण र तार तान्ने काममात्र बा“की रहेको बताउनुभयो ।

कुलेखानी तेस्र्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरिएको छ । यो आयोजनको महŒवपूर्ण पक्ष हो, विद्युत् गृहका टर्वाइन र जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणको जडान सम्पन्न गरी परीक्षणका क्रममा छन् ।
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनिया“ कम्पनी जेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माणमा ढिलाइ भएको हो ।

विद्युत्गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो ।

कुलेखानी जलविद्युत्ले समग्र नेपाली विद्युत् क्षेत्रमा महत्व राख्ने गर्दछ । यसै परियोजनाअन्तर्गत सञ्चालित कुलेखानी–३ ले थप १४ मेगावाट विद्युत्बाट राष्ट्रिय प्रसारणलाइनमा योगदान पु¥याउने भएको छ ।

कुलेखानी–३ बाट बिजुली उत्पादनपछि मकवानपुरको हेटौंडामा रहेको १४ मेगावाट क्षमताको डिजल प्लान्टसहित जिल्लाबाट करिब १ सय ४२ मेगावाट बिजुली उत्पादन हुनेछ । कुलेखानी पहिलोको क्षमता ६० मेगावाट र दोस्रोको ३२ मेगावाट् छ । निजी क्षेत्रको माण्डु हाइड्रोले केही महिना अघिदेखि २२ मेगावाट उत्पादन थालेको छ ।

आयोजना ठेकेदार कम्पनी, प्राधिकरणको ढिलासुस्ती र स्थानीयको अवरोधका कारण तोकिएको समयमा काम सम्पन्न नहुँदा पटक–पटक म्याद थप्न नेपाल विद्युत् प्राधिकरण बाध्य भएको थियो ।
करिब दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको परियोजनाको लागत वृद्धि भएर चार अर्ब ६३ करोड पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्