ल्याब टेक्निसियन कर्माचार्यको एल्बम ‘न्हापांगु पलाः’

‘नेपालभाषाको गीतसंगीतको व्यावसायिकरणको खाँचो’



काठमाडौं । भक्तपुर कमलविनायक निवासी राजु कर्माचार्य, पेशाले पाटन अस्तपतालका वरिष्ठ ल्याब टेक्नििसियन हुनुहुन्छ । तर अहिले आएर कर्मचार्यको पहिचानमा सांगितिक आयाम पनि थपिएको छ ।

उहाँकै शब्द, संगीत र स्वर रहेको नेपाल भाषाको एल्बम न्हापांगु पलाः ९पहिलो पाईला० बजारमा आएको छ ।यस एल्बमको नाउँ न्हापांगु पलाः राखिएपनि गीत, संगीतको क्षेत्रमा उहाँको यो पहिलो पाईला भने होइन ।

२० वर्षअघि आफ्नै शब्द, संगीत र स्वरले सुसज्जित गीत उहाँले रेकर्ड गराउनुभएको थियो । ल्याब टेक्निसियनबाट बचेखुचेको समय सांगितिक क्षेत्रमा बिताउदैं आएका कर्माचार्यको यो यो नैे पहिलो एल्बम रहयो । त्यसैले पनि एल्बमको नाउँ न्हापांगु पलाः नाउँ राखिएको हो ।

एल्बमको एउटा महत्वपूर्ण विशेषता भनेको भक्तपुरको ठेट नेपालभाषाको ‘धेप मै ’ बोलेको गीत रहेको छ । चर्चित संगीतकार जुगल डंगोलको संगीत संयोजन रहेको यस गीतले भक्तपुरको नेवाः समाजको परिवेशको छुट्टै मिठास र मनोरञ्जन पस्किएको छ ।अन्य गीतहरु भने आधुनिक परिवेश र मायापिरती सम्बन्धी रहेको छ । एल्बममा सात वटा गीत रहेका छन् ।

शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच वरिष्ठ गायक एवं गोल्डेन भ्वाईस अफल नेपाल प्रेमध्वज प्रधान, संगीतकारद्वय जुगल डंगोल, राजु सिंह र गायकका पिता चक्रवीर कर्माचार्यले एल्बमको लोकार्पण गर्नुभयो ।

सो अवसरमा वक्ताहरुले नेपाल भाषाको गीत, संगीतको व्यावसायिकरण गर्नुपर्ने खाँचो औल्याउनुभयो ।वरिष्ठ गायक प्रेमध्वज प्रधानले आफ्नो पालामा गीत रेकर्ड गराउन तीन दिन लगाएर कलकत्ता पुग्नुपर्ने अवस्था रहेको बताउँदै भन्नुभयो ‘ अहिले प्रतिभा देखाउने थुप्रै अवसरहरु रहेको छ ।यस अवसरलाई सदुपयोग गर्दै नेपाल भाषाको गीत, संगीतको क्षेत्रलाई समृद्ध बनाउँदै जानुपर्दछ ।’

संंगीतकार जुगल डंगोलले एउटा पेशाबाट कमाएको पैसा रुचिले गर्दा गीत, संगीतमा लगानी गर्नुपर्ने अवस्था रहेको अन्त्य हुनुपर्ने बताउनुभयो । ‘यस्तो अवस्थाले गर्दा कयौ प्रतिभाशाली गीतकार, संगीतकार र गायकहरु समयक्रमको संगै हराउँदै जाने गरेको छ ।प्रतिभा भएर पनि तिनिहरुले अपेक्षाकृत सफलता हासिल गर्न सकेका छैन ।नेपाल भाषाको गीत, संगीतको विकासको लागि यस्तो अवस्था अन्त्य हुनु जरुरी रहेको छ ।’ उहाँले भन्नुभयो ।

संगीतकार राजु सिंहले ल्याब टेक्निसिनको प्रतिभा प्रस्फुटन भएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्