महीनावारी हुँदा योनीबाट आउने रगत अनुहारमा लगाउने युवती !

0
Shares

२७ वर्षकी लौरा टेक्सीरिय हरेक महीना महीनावारीको क्रममा श्राव हुने रगत जम्मा गरेर उनी आफ्नो अनुहारभरि पोत्छिन् ।

त्यसपछि बाँकी भएको रगतलाई पानीमा मिसाएर आफूले रोपेका बोट बिरुवामा हाल्छिन् । ‘सिडिङ् द मून’ नामको यो प्रथा विभिन्न पुरानो मान्यतासँग प्रेरित छ जसमा महिनावारीको रगतलाई उर्वरताको प्रतिकको रुपमा हेरिन्थ्यो ।

यो प्रथालाई मान्ने महिला आफ्नो महीनावारीलाई आफ्नै अन्दाजमा बाँच्छन् । लौरा बीबीसीलाई भन्छिन्, ‘जब म आफ्ना बोटबिरुवामा पानी हाल्छु तब म, मलाई माफी दिनुस् । म तपाईंलाई धेरै माया गर्छु र तपाईंप्रति आभारी छु भन्दै एउटा मन्त्र जप्छु । ’

लौराका अनुसार जब उनी आफ्नो रगतलाई अनुहार र शरीरमा लगाउँछिन् तब उनी आँखा बन्द गर्छिन् र आभारी महसुस गर्छिन् । यसले उनलाई शक्तिको संचार भएको महसुस गराउँछ । लौराका अनुसार यो प्रथा महिलालाई सशक्त बनाउनसँग सम्बन्धित छ ।

उनी भन्छिन्, ‘समाजमा सबैभन्दा ठूलो भेदभाव मासिक धर्मसँग जोडिएको छ । समाजले यसलाई खराब मान्छ । सबैभन्दा ठूलो लज्जाको विषय पनि यही हो किनभने महिला आफ्नो महिनावारीको दौरान सबैभन्दा धेरै लज्जा महसुस गर्छिन् ।’

सन् २०१८ मा ‘वर्ल्ड सीड योर मून डे’ इभेन्टलाई सुरु गर्ने बडी साइकोथेरेपिस्ट, डान्सर र लेखक मोरेना कार्डोसो भन्छिन्, ‘महिलाका लागि सिडिङ द मून एक निकै सरल र उनीहरुको मनलाई शक्ति दिने तरिका हो ।’

गत वर्ष यो कार्यक्रमको बेला दुई हजार मानिसले आफ्नो मसिक श्राव हुने रगतलाई बोटबिरुवामा हालेका थिए । (बीबीसी)

Skip This