तल्लो तटीय क्षेत्र सुख्खा पारेर कालीगण्डकीको डाभर्सन गर्न दिइन्न: मुख्यमन्त्री



नेपाल समाचारपत्र, पर्वत
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पार्नुभएको छ ।

करिडोरको रुपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भइरहेको बेला पर्वतको फलेबासमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश भएरै करिडोर जाने स्पष्ट पार्नुभएको हो ।

‘गण्डकी प्रदेशको सबैभन्दा महŒवपूर्ण सडक भएका कारण प्रदेश भएरै नेप्चुङदेखि त्रिवेणीसम्म कालीगण्डकी नदिको किनारै किनार सडक जान्छ ।’ उहा“ले भन्नुभयो–‘अब वारिपारी भनेर विवाद गर्नुहुन्न, प्रदेशले आफ्नो सडक आफ्नै क्षेत्र भएर लैजान्छ ।’ प्रदेशले सालिग्राम करिडोरको रुपमा मुस्ताङदेखि त्रिवेणीसम्मै सडक बनाउने प्रस्ताव अघि बढाएको र यस वर्ष डीपीआर बनाउने काम अघि बढाइएको भनाइ उहा“को थियो ।सालिग्राम करिडोर सम्पन्न गर्न संघीय सरकारसं“ग अनुरोध गर्ने तर आवश्यक परेको अवस्थामा प्रदेशले समेत लगानी गरेर भए पनि सम्पन्न गराई छाड्ने उहा“को भनाइ छ । पश्चिम किनारबाट पनि सडक बनेको र त्यसलाई सम्पन्न गराउने तर्फ पनि प्रदेशले जोड दिने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

कालीगण्डकी करिडोरको पर्वतको मालढुंगादेखि पर्वत र बागलुङ तर्फबाट समानान्तर सडक निर्माण भइरहेको छ । पर्वतबाट पूर्वी किनार हु“दै जाने सडक स्याङजा, तनहु“, चितवन हु“दै पूर्वी किनारबाट जान्छ भने बागलुङ तर्फबाट जाने सडक, गुल्मी, पाल्पा, हु“दै नवलपरासी भएर जान्छ । कालीगण्डकीको दुवैतर्फ सडक बनाउ“दा खर्चिलो र कुन सडक प्राथमिकतामा रहने भन्ने विषय उठ्दै आएको छ ।

संघीय सरकारको नीति तथा कार्यक्रममा कालीगण्डकी डाइभर्सन परियोजना अघि बढाउने कार्यक्रम आएको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्षेत्र सुख्खा पारेर नदी डाइभर्सन गर्न नदिइने कुरा दोहो¥याउनुभयो । उहा“ले कालीगण्डकी नदी गण्डकी प्रदेशको मुख्य नदी भएकाले यसलाई डाभर्सन गर्न गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ भन्नुभयो ।‘कालीगण्डकीको तल्लो तटीय क्षेत्र सुख्खा पारेर डाभर्सन गर्न दिइन्न’ यो परियोजना अघि बढाउन गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ ।’

उहा“ले गण्डकी प्रदेशका रहेका ठूला जलाशययुक्त परियोजना अघि बढाउन आग्रह गर्दै कालीगण्डकी बहुउद्देश्यीय परियोजना सम्भाव्य देखिएमा १० वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढ्ने आश्वासन दिनुभयो । उत्तरगंगा, आ“धीखोला, बूढीगण्डकी, मादी, सेतीलगायतका जलाशययुक्त परियोजना अघि बढ्ने र प्रदेशले समृद्धि हासिल गर्ने भनाइ उहा“को थियो ।

प्रतिक्रिया दिनुहोस्