८ खर्ब ३३ अर्ब २७ करोड रुपियाँको आयात, २६ प्रतिशतले वृद्धि



 

काठमाडौं ।
वैदेशिक व्यापार आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा कुल वस्तु निर्यात ११ दशमलव ५ प्रतिशतले वृद्धि भई ५३ अर्ब ८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २१दशमलव १ प्रतिशत र अन्य मुलुकतर्फ १दशमलव४ प्रतिशतले निर्यात वृद्धि भएको छ, भने चीनतर्फ ३१ दशमलव १ प्रतिशतले कमी आएको छ । आयातको वृद्धिदर २६ प्रतिशत छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैंचा, जूटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधी लगायतका वस्तुहरुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा कुल वस्तु आयात २६ प्रतिशतले बढेर ८खर्ब ३३ अर्ब २७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८दशमलव ९ प्रतिशतले बढेको थियो । वस्तु आयत गर्न मुलुको आधारमा भारतबाट भएको आयात २४ दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात ३६दशमलव ६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३दशमलव २ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा कुल वस्तु व्यापार घाटा २७दशमलव १ प्रतिशतले विस्तार भई ७सय ८० अर्ब १९ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव २ प्रतिशत रहेको थियो ा माघाान उपझोत्ता मुल्य वृद्धि ४ दशमलव ४ प्रतिशत छ भने, पुषमा ४ दशमलव ६ प्तिशत रहेको राष्ट्रि ब्रंकले जनाएको छ ।

विप्रषण सात महिनामा ५ खर्व १५ अर्व
विप्रेषण आप्रवाह समीक्षा अवधिमा विप्रेषण आप्रवाह २८ दशमलव ५ प्रतिशतले वृद्धि भई ५खर्ब १५ अर्ब ५५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १्दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७दशमलव ३ प्रतिशतले वृद्धि भई ५खर्व ८६ अर्ब ५५ करोड रुपियाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४दशमलव ९ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १दशमलव ६ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्